दाङ कांग्रेसको संघीय र प्रदेशको स्वरुप, निर्वाचन क्षेत्रमा नेतृत्व चयन (को–को परे )

२०७६ भाद्र १८, बुधबार १८:१८ मा प्रकाशित

घाेराही । नेपाली काग्रेस दाङले संघीय संरचना अनुसार पार्टीको स्वरुप परिवर्तन गरेको छ ।

यस अघि साविक ५ निर्वाचन क्षेत्र समेटी तयार पारिएकाे संरचना परिमार्जन गरी नयाँ स्वरूप दिएकाे छ । नेपाली काग्रेस दाङको बुुधबार पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमिति र क्षेत्रीय पदाधिकारीहरूको संयुक्त बैठकले संघीय संरचना अनुसार साविक ५ वटा क्षेत्रीय समितिलाई समायोजन गरेर संघीय र प्रदेश निर्वाचन क्षेत्रको समिति बनाएकाे छ ।

SPONSORED

जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले संघीय संरचना अनुरुप संघीय र प्रदेश निर्वाचन क्षेत्रमा समायोजन गरेको हो । जस अनुसार क्षेत्र नम्बर १ को सभापतिमा भेषराज पाण्डे, २ को सभापति भुपबहादुर डाँगी र क्षेत्र नम्बर ३ को सभापतिमा जगत खड्का चयन भएका छन् ।

SPONSORED

यसैगरी, प्रदेश निर्वाचन क्षेत्र अन्तरगत १ (क) को सभापतिमा ताराबहादुर डिसी, १ (ख) को सभापतिमा देवानजंग चौधरी, क्षेत्र नम्बर २ (क) को सभापतिमा गिरिराज सुवेदी, २ (ख) सभापतिमा कमल गौतम, क्षेत्र नम्बर ३ (क) को सभापतिमा घनश्याम ढकाल र ३ (ख) को सभापतिमा खिमबहादुर वली चयन भएका छन् । अब यही आधारमा संघीय र प्रदेश निर्वाचन क्षेत्रको संरचना तयार हुने सभापति खड्काले जानकारी दिए ।

SPONSORED

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय संरचना अनुरुप निर्वाचन क्षेत्र निर्धारण आयोगमार्फत देशभर १ सय ६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएकाे छ । संविधान र कानूनी व्यवस्था अनुसार जनसंख्यालाई ९० प्रतिशत र भूगोललाई १० प्रतिशत आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरिएको हाे ।