नागरीक समाज दाङ र दाङ उवासंघले एसपी पाण्डेलाई कार्यक्रम गरी भव्य बिदाई

२०७६ भाद्र १५, आईतवार २२:२५ मा प्रकाशित

घोराही, भदौ १५ । दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । संघले पनि आइतवार एसपी पाण्डेलाई विदाइ गरेको हो । विदाइ कार्यक्रममा प्रहरी प्रमुख पाण्डेले समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिक प्रहरी संगसंगै अघि बढ्नु पर्ने बताए । प्रहरीले कानुन कार्यान्वयन गराउने भएकाले सवैको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो ।

आफु जिल्लामा रहँदा आफ्नो संगठनलाई चुस्तदुरुस्त राख्न सदैव कर्तव्यनिष्ठ भएर लागि परेको बताए ।

SPONSORED

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले प्रहरी प्रमुख पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिए । सो अवसरमा नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले विदाई भएर जान लाग्नु भएका एसपि पाण्डेलाई खादा र मला लगाएर विदाई गरेका थिए ।

SPONSORED

SPONSORED