रजिष्टारमाथि हातपातको समर्थन गरेपछि नेकपा दाङभित्रै खैलावैला

२०७६ भाद्र १५, आईतवार २१:१३ मा प्रकाशित

जोगबहादुर रानाले भने–यो लाचारी पन नै , सबै भन्दा बेईमानि र घातक’

घोराही, भदौ १५ । नेकपा दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारामाथि हातपात गरेर घोक्रेठ्याक लगाएको घटनामा दुख ब्यक्त नगरेर घटनाको समर्थन गरेपछि सत्तारुढ पार्टिभित्रै खैलावैला मच्चीएको छ । रजिष्टारमाथि हातपात र लछारपछार गरेको सिसिटिभिमा प्रष्टरुपमा देख्दा देख्दै पार्टिको जिल्ला नेतृत्वले त्यसलाई चासो नदिई घटनाको समर्थन गरेपछि पार्टिका नेताहरुको आलोचना सुरु भएको छ । पार्टिले प्रतिष्ठान वचाउन समितिको नाममा भइरहेको आन्दोलन समर्थन गर्दै आन्दोलनकैक्रममा रजिष्टारमाथिको हातपातको घटनालाई सामान्यरुपमा लिदै यसप्रति सार्वजनिकरुपमा विज्ञप्तीमा वोलेको छैन् ।

घटनालाई अवमुल्यन र नजरअन्दाज गर्दै सो पार्टिले यस वारेमा एक शब्द पनि खर्चिएको छैन् । हातपातको घटनालाई समर्थन गर्दै पार्टिका जिल्ला नेतृत्वले विज्ञप्ती जारी गरेपछि त्यस पार्टिका नेताहरुले पनि विरोध गर्न थालेका छन् । यसैक्रममा नेकपा एमाले दाङका तत्कालिन अध्यक्ष तथा नेकपा प्रदेश ५ का प्रदेश कमिटि सदस्य जोगबहादुर रानाले कडा शब्दमा विरोध गर्दै पार्टि जिल्ला नेतृत्वको विरोध गरेका छन् । रजिष्टारमाथिको हातपातसहीत लछारपछार घटनाको समर्थन नेकपा दाङ गरेपछि रानाले भने–‘यो लाचारी पन नै , सबै भन्दा बेईमानि र घातक “अरु धेरै नभनौ’ । पार्टि नेतृत्व आन्दोलनमा जाने निर्णयको पनि उनले विरोध गरेका छन् । उनले भने–आफै वोक्सि, आफै धामि हुनुहुँदैन ।’ रजिष्टारमाथिको हातपातको घटनाको चौतर्फीरुपमा विरोध भइरहेको वेला सत्तारुढ दल नेकपा दाङले त्यो घटनाको समर्थन गरेको हो । शनिवार नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुन(तुलसिराम)ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठान वचाँऔँ अभियानका नाममा भइरहेको आन्दोलनको समर्थन गर्दै हातपातको घटनामा संलग्न भनेर आफ्ना कार्यकर्तालाई झुटो मुद्धा लगाउन खोजेको भनेर वचाउ गरेका छन् ।

SPONSORED

यद्यपि, रजिष्टारमाथीको हातपातको घटनाको विरोध गर्दै घटनामा संलग्न दोसषलाई कडा कारवाही गर्न स्थानिय प्रहरी प्रशासन समक्ष माग गरेका छन् । दाङ प्रहरीले घटना भएको ५ दिन वितिसक्दा समेत दोषिलाई पक्राउ गर्न सकेको छैन् । नेकपा दाङका नेता विवेक श्रेष्ठसहीतको टोलिले रजिष्टार प्याकुरेललाइ हातपात गरेर लछारपछार गराएको सिसिटिभिमा प्रष्टरुपमा देख्न सकिन्छ । तर, श्रेष्ठलाई प्रहरीले खोजिकार्य तिव्र पारेपछि सम्पर्क विहीन छन् । रजिष्टारमाथिको हातपातको घटनाको विरोधमा काग्रेससहीत थुप्रै पार्टिहरुले विज्ञप्ती जारी गरेर विरोध गरेका छन् । घटनाको विरोध गर्नेहरुमा जनमोर्चा, राप्रपा, नेकपा माले, साझा पार्टि रहेका छन् ।

SPONSORED

SPONSORED