दिनदहाडै घोराहीमा रजिष्टारमाथिको हातपात र लछारपछारको घटनाले शान्ति सुरक्षाको कमजोर महसुस भयो–नेकपा माले दाङ

२०७६ भाद्र १५, आईतवार २१:०० मा प्रकाशित

दोषिलाई कारबाही गर्न माग

घोराही ।कांग्रेस, जनमोर्चा, राप्रपापछि नेकपा माले दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुव्र्यवहारको घोर भर्त्सना तथा बिरोध गरेको छ । नेकपा माले दाङका सचिब नेत्र प्रकाश पाण्डेले कार्यकक्षमै रजिष्ट्रार प्याकुरेलमाथि हातपात हुनले कानुनी साशनको खिल्लि उडाएको भन्दै दोषीलाई कानुनी कारवाहीको माग गरिएको छ ।

कानुनलाई हातमा लिने खोज्ने प्रबती प्रती राप्रपाले गम्भिर आपती जनाएको छ । प्रतिस्ठानलाई काम गर्ने बातावरण बनाउनुको सट्टा प्रतिष्ठान बचाउ अभियानको नाममा गलत गतिबिधि प्रति कानुनी राज्यको उपहास भएको माले दाङ्को ठहर छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट दिएर काम गर्न दिनुपर्नेमा सत्तारुढ पार्टी नेकपा आन्दोलनमा जाने राम्रो कुरा नभएको र आन्दोलन नेकपाका लागि नै प्रत्युपादक हुने चेतावानी नेकपा माले दाङका सचिब पाण्डेले बताए ।

SPONSORED

SPONSORED