फेरी निर्माण ब्यवसायिका हस्ति वलिभद्र राना सर्वसम्मत बने निर्माण ब्यवसायि संगठनको प्रदेश संयोजक

२०७६ भाद्र १५, आईतवार २०:३९ मा प्रकाशित

घोराही, भदौ १५ । नेपाल निर्माण ब्यवसायि संगठन प्रदेश ५ को संयोजकमा दाङको घोराही निवासि वलिभद्र राना चयन भएका छन् । राना आइतवार बुटवलमा सम्पन्न निर्माण ब्यवसायिहरुको बृहत भेलावाट सर्वसम्मतरुपमा संगठनको प्रदेश संयोजकमा चयन भएका हुन् । राना नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश ५ को अध्यक्षको जिम्मेवारीमा पनि सर्वसम्मत पाएका हुन् । लामो समय दाङ निर्माण ब्यवसायि संघको अध्यक्षको जिम्मेवारीमा रहेका राना अहिले निर्माण ब्यवसायिको क्षेत्रमा चिरपरीचित अनुहार हो ।

उनि महासंघको प्रदेश अध्यक्ष र संगठनको पनि प्रदेश संयोजकमा सर्वसम्मत चयन हुन सफल भएका हुन् । निर्माण ब्यवसायिको क्षेत्रमा राना अब्वल र यो क्षेत्रमा नेताकैरुपमा चिनिन्छन् । बृहत भेला कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रि शंकर पोख्रेल र विशिष्ट अतिथिकारुपमा भौतिक पुर्वाधार मन्त्रि वैजनाथ चौधरीको उपस्थिती रहेको थियो । सर्वसम्मत प्रदेशको संयोजकमा चयन भएका रानालाई वधाई तथा शुभकामना दिन मुख्यमन्त्रि पोख्रेल र पुर्वाधारमन्त्रि चौधरी आफै पुगेका थिए । अन्य पदाधिकारी र सदस्य पदहरुमा प्रदेशका विभिन्न जिल्लाहरुलाई समेटिएका छन् । संयोजकमा चयन भएपछि रानाले आफुले निर्माण ब्यवसायिको क्षेत्रमा प्रदेश सरकारलाई निति निर्माण तहमा सहयोग गर्ने बताए । उनले प्रदेश ५ मा विकास निर्माणको गतिलाई अघि बढाउन पहल गर्ने पनि बताए ।

SPONSORED

SPONSORED