सरकारले तोके बमोजिम नै शुल्क निर्धारण गरिएको र अदालतको आदेश बमोजिम म चलेको छु– उपकुलपति भण्डारी

२०७६ भाद्र १४, शनिबार २०:५४ मा प्रकाशित

प्रतिष्ठानमा कसैको आन्दोलन नभएको र नियमित काम भइरहेको स्पष्टोक्ती

काठमान्डौ । प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले आफूलाई काम गर्ने वातावरण नै नदिएको दाबी गर्नु भएको छ । आफूहरुले काम गर्न थाल्यो विभिन्न बखेडा निकालेर असहज वातावरण बनाएको उहाँले बताउनुभयो ।

एकातिर सरकारले बजेट नदिने र अर्कोतिर काम भएन भन्ने गरेका कारण समेत सोचेजस्तो काम गर्न आफूलाई अप्ठेरो भएको गुनासो उपकुलपति भण्डारीको छ । प्रतिष्ठानकी उपकुलपति भण्डारीले आफूलाई आन्दोलन बारे कुनै जानकारी नभएको र मतलव पनि नभएको बताउनु भयो । उहाले प्रतिष्ठानमा कसैको आन्दोलन नभएको र नियमित काम भइरहेको बताइन । उनले सरकारले तोके बमोजिम नै शुल्क निर्धारण गरिएको र अदालतको आदेश बमोजिम आफू चलेको बताउनु भयो ।

SPONSORED

SPONSORED