लायन्स क्लबकाे एरिया चिफमा लब अधिकारी चयन

२०७६ श्रावण ३२, शनिबार २२:४२ मा प्रकाशित

शरद रेग्मी
घाेराहि, श्रावण ३२
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बिटु अन्तर्गत एरिया नम्बर पाचकाे चिफमा लब अधिकारी चयन हुनुभएको छ ।घाेराहिकाे बाह्रकुनेमा भएको कार्यक्रममा यस अघि प्रस्ताबित अधिकारीलाई चयन गर्दै पदस्थापन समेत गराईएकाे हाे ।

जाेन चियरपर्सन लाेकेन्द्र बिसिकाे अध्यक्षता एव
डिष्ट्रिक काे चिफ एडभाईजर बिनाेद कुमार श्रेष्ठकाे प्रमुख अातित्थ्यतामा भएको कार्यक्रममा बाेल्दै नबनिर्वाचित एरिया चिफ अधिकारीले सामाजिक क्षेत्रकाे बिकासका लागि लायन्स क्लबहरुकाे भुमिका महत्त्वपूर्ण हुने एरिया नम्बर ५ का सयाेजक लब अधिकारीले बताउनुभएको छ ।
दाङ बाह्रकुनेमा अायाेजित पदस्थापन कार्यक्रममा उहाले सबै क्लब हरुकाे सक्रियताले मात्रै समाजमा नयाँ र अाबश्यक कामहरु अगाडि बढन सक्ने समेत उहाले जानकारी दिनुभयो ।उहाले दाङ सहित यश क्षेत्रमा धेरै क्लबहरुमा उर्जाबान र सशक्त टिम अाएकाे हुदा अबका दिनहरुमा यसक्षेत्रका जनताहरुले केही नया सामाजिक कामकाे अनुभुति गर्ने गरि अभियानहरु सञ्चालन हुने बताउनुभयो ।
त्यसैगरि एरिया नम्बर ५ काे सचिबमा युवराज थपलिया र काेषाध्यक्षमा उमेशचन्द्र मजगैया चयन हुनुभएको छ ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार धुब गाैतम,एम्बेष्डर गभर्नरहरु सरिता देबकाेटा,टेकन कडेल,खडग बहादुर बस्नेत ,लायन्स क्लब दाङका अध्यक्ष यज्ञ बहादुर केसि,लायन्स क्लब गुरुकुलका पुर्व अध्यक्ष टीका बिक राप्ती पाेष्ट दैनिकका सम्पादक शरद अधिकारी ,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायले बाेल्नुभएकाे थियो ।
कार्यक्रमकाे सहजिकरण केशब थापाले गर्नुभएको थियोे ।यता लायन्स क्लब अफ गुरुकुलले स्कुल प्राङगनमा अायाेजना रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे थियो ।
रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।

SPONSORED

SPONSORED