भिक्टोरीया कलेज घोराहीको विदाई कार्यक्रम सम्पन्न

२०७६ श्रावण ३१, शुक्रबार २२:४५ मा प्रकाशित

घोराही, साउन ३१ । भिक्टोरिया कलेज घोराहीको सातौ ब्याचलाई आठौ ब्याचले बिदाइ गरेको छ । घोराहीमा एक कार्यक्रमकाविच उनिहरुलाई विदाई गरीएको हो । विद्यार्थि नारायण बुढाथोकीको अध्यक्षता एंव दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको प्रमुख आतिथ्यता तथा भिक्टोरीया कलेजका प्रीन्सिपल नवोल जिएमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वोल्ने वक्ताहरुले विद्यार्थिहरुले सैदान्तिक ज्ञान पुरा गरेर मात्र नहुने भन्दै ब्यावहारीकरुपमा कार्य क्षेत्रमा आफुले पढेका कुराहरु लागु गर्नुपर्नेमा जोड दिए । विद्यार्थि निर्मला डाँगिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कलेजका प्रोग्राम कोर्डिनेटर केवि चौधरी, कलेजका प्राध्यापक वामदेव भण्डारी, पत्रकार निशानदाजु भट्टराई, प्राध्यापक पदमकुमार केसि, तारा खड्का, नवराज सुवेदि, विद्यार्थि देवराज कडेलले सिपले नै ब्यक्तिलाई आत्मनिर्भर बनाउने भन्दै उद्यमसिलतातर्फ सबै अघि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन पार्वता ढकाल र जनक गुरुङले गरेका थिए । सो अवसरमा विद्यार्थिहरुले सांस्कृतिक प्रस्तुतीसमेत दिएका थिए ।

SPONSORED

SPONSORED