सत्तारुढ दल निकट अनेरास्ववियु दाङको अर्को पक्षले भन्यो–हामि कार्यदल स्विकार्दैनौ’

२०७६ श्रावण ३१, शुक्रबार १९:४३ मा प्रकाशित

घोराही, साउन ३१ । सत्तारुढ दल निकट अनेरास्ववियु दाङ भित्रको एक फरक समुहले अनेरास्ववियुको सन्दर्भमा जिल्लामा बनाईएको कार्यदल कुनै हालतमा मान्य नहुने बताएको छ । अनेरास्ववियु दाङको अध्यक्षकोरुपमा आफुलाई दावि गर्दै आएका सर्जन परीयारको समुहले अनेरास्ववियु केन्द्रिय तहमा नै जिल्लामा कार्यदल बनाउने विषयमा कुनै सहमति नदिएको र केन्द्रवाट नै टुंगो नलगाइसकेको अवस्थामा नेकपा दाङले बनाएको कार्यदल आफुहरुले नमान्ने चेतावानि दिएको छ ।

परीयारले शुक्रवार घोराही भरतपुरस्थित नेकपा दाङको पार्टि कार्यालयमा असन्तुष्ट समुहको छुट्टै बैठक बसालेर आफुहरु अनेरास्ववियु केन्द्रको निर्देशन मात्रै मान्ने भन्दै पार्टिले जिल्लामा बनाएको कार्य दल नमान्ने र कार्यदलको नाममा गतिविधि गरे त्यो स्विकार्य नहुने समेत बताएका छन् । जिल्ला पार्टिले हाल दुवै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको तर्फवाट अध्यक्ष र सचिव रहने गरी चार सदस्यिय कार्यदल बनाउने निर्णय गरेकोमा परीयार समुहले कडा आपत्ति जनाउदै जनवर्गिय संगठनमा अनावश्यकरुपमा पार्टिमा हस्तक्षेप नगर्न र कार्य दलका नाममा संगठन विस्तार गर्ने काम भए आफ्नो समुहले त्यसको प्रतिकार गर्नेसमेत आक्रोश ब्यक्त गरेको छ ।

SPONSORED

अनेरास्ववियु दाङको सचिवको दावि गर्दै आएका विराज डिसिले पनि आफुहरु बैठक बसेर नै यो वारेमा साझा मत बनाएको र कुनै पनि हालतमा पार्टिले बनाएको कार्यदल नमान्ने बताए । यता, यस विषयमा बुझ्न खोज्दा नेकपा दाङका कार्यालय सदस्य हुकुम बस्नेतले जनवर्गिय संगठनले केन्द्रिय निर्णय मान्नु पर्ने भन्दै जिल्ला पार्टिमा कार्यादल बनाएकोमा विषयमा आफुलाई थाहा नभएको प्रतिक्रीया दिए ।

SPONSORED

SPONSORED