घोराहीमा गैर-कानूनी रुपमा रकम उठाउने व्यक्तिहरू पक्राऊ

२०७६ श्रावण २८, मंगलवार २०:३६ मा प्रकाशित

श्रावन २८, दाङ । घोराहीमा गैर-कानूनी रुपमा रकम उठाउने व्यक्तिहरू पक्राऊ  परेेका छन । जिप्रका दाङले बिषेश सुचनाका आधारमा उनिहरुलाइ पक्राउ गरिएको दाङका एसपि बेल पाण्डेले जानकारि दिए ।

घोराही उप-महानगरपालिका वडा नं. १३ सेवार बगाले स्थित घोराही होलेरी सडक खण्डमा “रोल्पा रुकुम ट्रक तथा मिनी ट्रक यातायात प्रा.ली.”को बोर्ड राखेर चेक प्वाईन्ट खडा गरी विभिन्न सवारी-साधनहरुबाट गैर-कानूनी रुपमा रकम उठाउने पीडितको जाहेरीको आधारमा  पैसा उठाउने रसिद ठेली सहित पक्राऊ गरी उनिहरू विरूद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद-२१ को दफा २५३(आपराधिक लाभ लिन नहुने) कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरिले बताएको छ ।
पक्राउ पर्नेमा घोराही उप-महानगरपालीका वडा नं. १४ वस्ने कर्ण बहादुर वलीको छोरा वर्ष ३४ को राम चन्द्र वली, घोराहि १५ बस्ने दिले खड्काको छोरा बर्ष २८ को चन्द्र खड्का, सोहि ठाउ बस्ने चन्द्रलाल घर्तीको छोरा बर्ष ३१ को नरेश घर्ती, घोराहि १३ बस्ने रुपलाल पुनको छोरा बर्ष ३३ को नन्द बहादुर पुन, घोराही उप-महानगरपालिका वडा नं. १४ बस्ने लाल बहादुर वलीको छोरा बर्ष २२ को पृथ्वी वली,  प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. ३ मालारानी घर भई हाल घोराहि उप-महानगरपालिका वडा नं. १४ बस्ने दधिराम पुनको छोरा बर्ष २६ को खिम बहादुर पुन रहेका  छन् ।

SPONSORED

साथै, उक्त संस्था र व्यक्तिहरुबाट ठगिएका  पीडितहरु भए  कार्यालयमा सम्पर्क राख्न हुन प्रहरिले अनुरोध गरेको छ ।

SPONSORED

SPONSORED