दाङका बुढाथोकी इन्डोनेसियाको वालिमा वर्ष उत्कृष्ट वितरककोरुपमा सम्मानीत

२०७६ श्रावण २८, मंगलवार १३:११ मा प्रकाशित

दाङ, साउन २८ । दाङका व्यवसायी खड्ग बुढाथोकी इन्डोनेसियामा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको वालि भएको एक कार्यक्रममा नेपालका उत्कृष्ट व्यवसायीका रुपमा वर्ष उत्कृष्ट वितरककोरुपमा बुढाथोकी सम्मानित हुनुभएको हो ।

विश्व प्रसिद्ध कम्पनी जोनी वाकरले आयोजना गरेको सुपर एचिभ डिलर अफ ग्लोवल ट्रेडिङ कन्सर्न कार्यक्रममा दाङको घोराहीमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बुढाथोकीलाई वर्ष उत्कृष्ट वितरककोरुपमा सम्मान गरिएको हो ।

SPONSORED

श्रृङ्खला सप्लायर्स घोराहीका एमडी बुढाथोकीलाई कम्पनीको तर्फवाट कार्यक्रममा सहभागि प्रतिनिधिहरुले सम्मान गर्नुभएको थियो । व्यवसायी बुढाथोकी जिल्लाका विभिन्न व्यवसायीक संस्थाहरुसँग आवद्ध हुनुहुन्छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्षसमेत रहनुभएका व्यवसायी बुढाथोकीले आफूलाई व्यवसायमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

SPONSORED

विश्वभरका व्यवसायीहरु सम्मिलित कार्यक्रममा आफू वर्ष उत्कृष्ट वितरकको रुपमा सम्मानित हुँदा अत्यन्तै खुसी भएको भन्दै व्यवसायी बुढाथोकीले भन्नुभयो, ‘सम्पुर्ण व्यवसायीहरुका बीचमा सम्मानित हुँदा धेरै खुसी भएको छु । मलाई यो अवस्थासम्म ल्याइपु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।’ यसअघि बुढाथोकिलाई विश्वभरका व्यवसायीहरु सम्मिलित कार्यक्रममा नेपालको उत्कृष्ट विक्रेताको रुपमा सो कम्पनिले सम्मान गरेको थियो ।

SPONSORED