राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको सर्वसम्मत अध्यक्ष बने राजेन्द्र दाहाल

२०७६ श्रावण २७, सोमबार २२:१२ मा प्रकाशित

घोराही, साउन २७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाको नयाँ कार्य समिति चयन गरीएको छ । प्रतिष्ठानको १७ औ बार्षिक साधारण सभा तथा सातौ जिल्ला अधिबेशनले राजेन्द्र दाहालको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्य समिति चयन गरेको हो ।

नव निर्वाचीत अध्यक्ष दाहालको अध्यक्षतामा नव गठित कार्य समितिको प्रथम उपाध्यक्षमा पोषण श्रेष्ठ, द्वितीय उपाध्यक्ष काशीराम केसि लगायतका रहेको छन् । अध्यक्ष दाहाल यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिए ।

SPONSORED

उनि प्रतिष्ठानको विभिन्न पदीय जिम्मेवारीमा रहेर लामो समय अनुभव पनि बटुलेका छन । अन्य सदस्यहरुमा रहकेका छन् । प्रतिष्ठानको अधिवेसन तथा साधारण सभा प्रेम शर्माको अध्यक्षता एंव नेपाल लोक दोहोरी गित प्रतिष्ठानका केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता तथा प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ, प्रतिष्ठानका केन्द्रिय महासचिव सुवास केसि, प्रतिष्ठानका जिल्ला सल्लाहकार प्रदेश ५ का निर्माण ब्यवसायि महासंघका अध्यक्ष वलिभद्र राना, अर्का सल्लाहकार धुर्वराज श्रेष्ठ भारीको विशिष्ट आतिथ्यतामा उद्घाटन गरीएको थियो । सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कि, दाङ चेम्वर अफ कमर्शका उपाध्यक्ष घनश्याम अधिकारी, प्रतिष्ठानका संस्थापक प्रेम प्रकाश मल्ल, नेपालि काग्रेस साविक क्षेत्र नम्बर २ का सभापति गिरीराज सुवेदि, बरीष्ठ साहीत्यका गोविन्द आचार्य लगायत विभिन्न क्षेत्रका अगुवाहरुले अधिवेशनको शुभकामना दिएका थिए । नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रतिष्ठानका सल्लाहकार धुर्वराज श्रेष्ठ भारीको संयोजकत्वमा समिति गठन भएको थियो ।

SPONSORED

SPONSORED