यो वर्ष नै टरिगाउँ एयरपोर्टमा विस्तार हुन्छ – पर्यटन मन्त्री भट्टराई

एयरपोर्टलाई पाइलट तालिम केन्द्र बनाउने तयारी

२०७६ श्रावण २७, सोमबार २१:२५ मा प्रकाशित

वशन्त आचार्य,
दाङ,साउन २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमानस्थलको धावन मार्ग विस्तारको काम यही वर्षदेखि नै सुरु हुने बताएका छन् । आन्तरिक उडानका लागि टरिगाउँ विमानस्थललाई विकास गर्न आफुले योजना समेत वनाएको उनले बताए । विमानस्थलको स्तरोन्नतीका साथै इन्धन डिपोको काम अगाडि वढाउन आपूर्ती मन्त्रालयसँग समन्वय गर्ने मन्त्री भट्टराईले प्रतिवद्धता जाहेर गरे । ‘तुलसीपुर विमानस्थलका वारेमा म पुरै जानकार छु । त्यहाँका जनतालाई न्याय दिनेछु,’ मन्त्री भट्टराईले भने । उनले नारायणपुर विमानस्थल दिर्घकालिन योजना भएको भन्दै अहिलेलाई आन्तरिक उडानको सहजताका लागि टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गर्न आवश्यक रहेको बताए ।

विमानस्थल र पर्यटन विकासका विषयमा मन्त्री भट्टराईलाई भेट्न गएको प्रतिनिधि मण्डलसँग टरिगाउँ विमानस्थललाई पाइलट तालिम केन्द्रका रुपमा विकास गर्ने गरि काम अगाडि वढाइएको समेत बताए । यसअघिका स्वर्गिय पर्यटन मन्त्री रविन्द्र अधिकारीले पनि टरिगाउँ एरपोर्टमा आउँदा त्यही कुरा व्यक्त गरेका थिए ।

SPONSORED

‘नेपाल भित्र तालिम केन्द्र नहुँदा महंगो पैसा तिरेर वाहिर जानुपर्ने अवस्था छ । त्यो अन्त्य गर्न टरिगाउँ विमानस्थल उपयुक्त स्थान हो,’–मन्त्री भट्टराले भने । त्यसका लागि एकसाता भित्र विभिन्न निकायसँग सहकार्य गरेर अध्ययन समिति समेत वनाउने उनले बताए ।

SPONSORED

टरिगाउँ विमानस्थलको धावनमार्ग सानो हुँदा साना खाले जहाज मात्रै वस्ने गरेको हुँदा यसलाई विस्तार गर्न सके केही ठूला जहाज अवतरण हुने छन् र त्यसले हवाई भाडा घट्ने आशा गरिएको छ । हाल ७ सय ५० मिटर लम्वाई रहेको धावन मार्ग विस्तार गरेर १ हजार २ सय मिटरसम्म गरि यो वर्ष नै वजेट विनियोजन गर्ने प्रतिवद्धता समेत मन्त्री भट्टराईले व्यक्त गरे । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विमानको स्तरउन्नतिको लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

SPONSORED

त्यसमा तुलसीपुर विमानस्थलका साथै पर्यटकीय स्थलको विकास र उन्नतिका माग गरिएको छ ।  त्यसअवसरमा प्रतिनिधि मण्डलमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, गंगा चौधरी, विष्णु पौडेल, राष्ट्रियसभा सदस्य कोमल वली, नेकपा दाङ अध्यक्ष टिकाराम खड्का एवम् नेताहरु शोभाराम वस्नेत लगाएतका पुगेका थिए ।