दाङ चेम्वर अफ कमर्शको सदस्यता बृद्धिसंगै घरदैलो कार्यक्रम सुरु

२०७६ श्रावण २७, सोमबार २१:१६ मा प्रकाशित

घोराही, २७ साउन । हरेक व्यवसायीहरुलाई सचेत गराउने उद्देश्यले दाङमा व्यवसायिक सचेतना तथा सदस्यता वृद्धि अभियान सुरु गरिएको छ । व्यावसायिक क्रियाकलपमा आईपर्ने समस्या तिनको पहिचान र समाधानका विषयमा व्यवसायीहरुलाई सेचतना गराउने अभियानको सुरु गरिएको हो ।

दाङ चेम्वर अफ कमर्शले यावसायिक सचेतना तथा सदस्यता वृद्धि अभियान सुरु गरेको छ । कमर्शले पसलमै पुगेर व्यवसायीलाई सचेत बनाउन थालेको हो ।

SPONSORED

कमर्शका पदाधिकारीसहितको टोलीले व्यवसायीहरुको घर–घरमा पुगेर व्यवसायीहरुलाई सचेत बनाउन थालेको छ । व्यवसायीहरुलाई व्यवसाय गर्दा आइपर्ने समस्या के हुन् ? कसरी समस्याको समाधान गर्ने ?

SPONSORED

हिसाव किताव कसरी राख्ने ? बिल काट्दा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा व्यवसायीहरुलाइ जानकारी दिइने दाङ चेम्वर अफ कमर्शका अध्यक्ष श्रीधर महराले बताए ।
कमर्शको नयाँ नेतृत्व आएसंगै सचेतना अभियानसँगै सदस्यता वृद्धिसमेत गर्दै आएको छ । अभियानका क्रममा व्यवसायीहरुको सदस्यता दर्ता, नयाँ सदस्यता दर्ता पनि गरिने उपाध्यक्ष घनश्याम अधिकारीले बताए ।

SPONSORED

कोषाध्यक्ष विकास अग्रवालले अभियानमा व्यवसाय सञ्चालनको क्रममा आवश्यक पर्ने आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, घर बहाल कर, व्यवसाय सञ्चालनका क्रममा आवश्यक निकायमा दर्ता तथा समयमा नवीकरण, नापतौलसँग सम्बन्धित उपकरणहरु जस्तैः ढक, तराजु आदि जस्ता सामानको वैधानिकताबारे सजक एवं जानकारी गराइने बताए ।
त्यसैगरेर खाद्य तथा गुणस्तरसँग सम्बन्धित विषयहरुबारे सजक एवं जानकारी गराउने, व्यवसायीको महत्वपूर्ण पक्ष उपझोक्ता भएकाले उपभोक्ता अधिकारबारे सजक एवं जानकारी गराइने, आम व्यवसायीहरुका समस्या पहिचान गरिने, व्यवसाय व्यवस्थापन, विस्तार एवं विकासका, सफा सुन्दर एवं हरित नगर निर्माण अभियानमा व्यवसायीहरुको सक्रियताका बढाउन, सम्पूर्ण उद्योगी, व्यवसायीरुको हकअधिकार तथा व्यवसायीक विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने संस्था कमर्शमा आवद्ध गराउनका लागि अभियान सुरु गरिएको अग्रवालले बताए । अभियान घोराही बजारसहीत दाङका सबजसो बजारमा सञ्चालन गरीने अध्यक्ष महराले बताए । महराले चेम्वर अफ कमर्शको टोलि प्रत्येक ब्यवसायिको घर–घरमा पुग्दा ब्यवसायिहरु खुसि हुनुका साथै सल्लाह, सुझाव दिइरहेको बताए । आफुहरु अभियानवाट निकै उत्साहीत भइरहेको र हरेक दिन अभियानकैक्रममा एक सय बढि सदस्य थपिने गरेको पनि सुनाए ।