प्रदेश पाँचका थप बिदाहरु !, भोलि बकर इदमा सार्बजनिक बिदा

२०७६ श्रावण २६, आईतवार १४:३१ मा प्रकाशित

घोराही । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा निम्न बमोजिम बिदा स्विकृत भएको छ । बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते प्रकाशित छ ।
विदा हुने पर्व
१. बकर इद
२. माघी र माघे संक्रान्ति दुई दिन
३. प्रदेश स्थापना दिवस फागुन ३ गते
४. स्थानीय तहको निर्णयबाट एक दिन
५. निश्चित समुदायले पाउने बिदा
जस्तै भुमया पूजा, वडका अटवारी पर्व, रमजान लगायत

यो निर्णय भएसगै भोलि सोमबार बकर इदको सार्बजनिक बिदा हुने भएको हो ।