‘चेम्वरको सदस्य सख्या ५ सय पुग्यो, सबैको मायाँ पाइरहेका छौ–जिल्ला अध्यक्ष श्रीधर महरा

२०७६ श्रावण २५, शनिबार २३:१५ मा प्रकाशित

दाङ चेम्वरको सदस्यता बृद्धि अभियान आक्रामक

घोराही, साउन २५ । दाङ चेम्वर अफ कमर्शले संगठन सुदृढिकरण अभियानलाई आक्रामक बनाउदै लगेको छ । चेम्वरको जिल्ला कमिटिको बैठकले ब्यापकरुपमा सदस्यता बृद्धि अभियान अघी बढाउने निर्णय गरेपछि चेम्वरका पदाधिकारीहरु अहिले बजार र ग्रामीण क्षेत्रमा सदस्यतासहीतको अभियान चलाइरहेका छन् ।

चेम्वरका जिल्ला अध्यक्ष श्रीधर महराले यसपालि संगठन सृदृढिकरणलाई विशेष प्राथमीकता दिएर अघि बढाइएको भन्दै हालसम्म ५ सय बढि सदस्यहरु चेम्वरमा आवद्ध भइसकेको र यो सख्या बढेर जानेमा आफुहरु विश्वस्त रहेको पनि बताए । उनले विगतमा चेम्वर वारे भ्रम फैलाईएको भन्दै समाजमा भ्रम चिरेर अघि बढ्दा अहिले चेम्वरप्रति सबैको आकर्षण बढेको पनी बताए । उनले आफुहरु सदस्यता बृद्धिको अभियानकोक्रममा ब्यवसायिको पसल–पसल पुग्दा ब्यावसायिक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघले अपेक्षाकृत काम गर्न नसकेको गुनासो गर्ने गरेको भन्दै आफुहरुले चेम्वरको वारेमा कुरा बुझाएपछि अधिकांश गएका पसलहरुमा त्यसका सञ्चालकहरुले सदस्यता काट्न कोहीले पनि नाई नभनेको पनि स्पष्ट पारे । आफुहरु अभियानकैक्रममा चेम्वर र उद्योग वाणिज्य संघ ब्यावासायिक संस्था भएको र ब्यवसायिहरुलाई मन पर्ने संस्थामा आवद्ध हुने संवैधानिक अधिकार भएकाले रोज्न आफुहरुले भन्ने गरेको बताए ।

SPONSORED

उनले सदस्यता बृद्धि अभियान जिल्लाभरी नै चल्ने जानकारी दिए । जिल्ला अध्यक्ष महराले चेम्वरको जिल्ला समिति रहेको ठाँउमा नगर चेम्वरको विषयमा केन्द्रमा नै नितिगत सुधार भइसकेको र यो वारेमा पटक–पटक जिल्लामा आउने केन्द्रिय सदस्यहरुले आफै नै स्पष्टरुपमा कुरा राखिसकेकाले सोही कुरा नै आधिकारीक हुने भन्दै नगर चेम्वरले सदस्यता काटेको ठाउमा आफुहरुले जिल्ला चेम्वरको सदस्यता स्वेच्छिकरुपमा काट्न भन्ने गरेको बताए ।

SPONSORED

SPONSORED