काग्रेस केन्द्रिय सदस्य खुमबहादुर पत्नि शिला खड्काले देउखुरीवाट भनिन्–दाङ देउखुरीको विकासको लागि लड्ने छु”

२०७६ श्रावण २५, शनिबार २१:०५ मा प्रकाशित

दाङ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिला खड्काले आफ्ना पति स्वर्गीय खुम बहादुर खड्काले देउखुरीको बिकासका लागि देखेको सपना पूरा गर्ने बताएकी छन् ।

स्वर्गीय नेता खड्काले यहाको बिकासका लागि सबै जिम्मा आफुलाई सुम्पेर गएको पनि सदस्य खड्काले बताईन । नेपाली कांग्रेसका तर्फबाट गढवा गाउपालिका वडा नम्बर चारको वडा अध्यक्षमा निर्वाचित गुलाम महमदले आफुले आफ्नो कार्यकालमा दुई वर्षको अवधिमा गरेका कामहरुको समिक्षा र आगामी कार्ययोजनाको बारेमा आज गढवामा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य खड्काले यस्तो बताएकी हुन् ।

SPONSORED

SPONSORED

नेपाली कांग्रेस ईकाई शभापति श्रीपत चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य शिला खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

SPONSORED

सो अबसरमा नेपाली कांग्रेस क्षेत्रिय सभापती भेषराज पाण्डे, महाधिबेशन प्रतिनिधिहरु जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, मधु न्यौपाने, केन्द्रीय प्रतिनिधि शारदा चौधरी, नेपाली कांग्रेस सकुन्तला डिसी, सतबरिया इकाईका सभापती प्रताप खड्का, क्षेत्रिय प्रतिनिधि श्याम कुमारी चौधरी लगाएतले मन्तब्य दिएका थिए । कार्यक्रमको सहजिकरण गोबिन्द वलीले गरेका थिए ।