शिक्षक सरुवा, पदस्थापन र प्रधानाध्यापक नियुक्तिमा स्थानिय तहले ज्यादती गरेको शिक्षक संघको आरोप

२०७६ श्रावण २५, शनिबार १९:४८ मा प्रकाशित

 आन्दोलनको तयारीमा रहन शिक्षकहरुलाई आग्रह

दाङ, साउन २५ । नेपाल शिक्षक संघ दाङले जिल्लाका केहि स्थानीय तहले राजनितिक पूर्वाग्रहका आधारमा संघमा आवद्ध शिक्षकहरुलाई बिभेद गरेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । नेपाल शिक्षक संघ दाङको आज शनिवार घोराहीमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले केहि स्थानीय तहले आफ्नो क्षेत्र भित्र रहेका विद्यालयहरु र शैक्षिक क्षेत्रमा गरेका काम कारवाही शिक्षकको सरुवा, पदस्थापन र प्रधानाध्यापकको नियुक्ती लगायतका बिषयमा अनाश्यक दवाव र हस्तक्षेत्र गरेको भन्दै भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ ।

त्यस्ता कार्य नरोकिए आफूहरु आन्दोलन गर्न बाध्य हुने भन्दै आन्दोलनको तयारीमा रहन समेत शिक्षक संघले आग्रह गरेको बैठकपछि संघका जिल्ला सचिव प्रकाश डाँगीले जानकारी दिनुभयो । बैठकले स्थानीय तहले गरेको बिभेदको बारेमा संघको स्थानीय महासंघका पदाधिकारी र सम्वन्धित क्षेत्रका प्रधानाध्यापकहरुसँग अन्र्तक्रिया निर्णय गरेको छ । जस अनुसार देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ति, गढवा र राजपुर गाउँपालिकाका शिक्षकहरुसँग साउन ३२ गते लमहीमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाभित्रका शिक्षकहरुसँग छलफल गर्न भदौ ७ गते घोराहीमा र भदौ २१ गते तुल्सीपुर उपमहानगरपालिका, शान्तिनगर, बबइ र दंगीशरण गाउँपालिकाभित्रका शिक्षकहरुसँग तुल्सीपुरमा अन्र्तक्रिया गर्ने निर्णय बैठकले गरेको छ । तीन स्थानमा अन्र्तक्रिया गरी यर्थात बिवरण ल्याउने र शिक्षक संघमाथि भएका र हुने सवै बिभिदपूर्ण ब्यवहारको बिरोधमा नेपाल शिक्षक संघ अव चुप लागेर नबस्ने संघ दाङका सचिव प्रकाश डाँगीले बताउनुभयो । बैठकले संघका सदस्यहरुलाई आफ्नो स्थानीय तहको समिति मार्फत सदस्यता नविकरण गरी भदौ २० गतेभित्र सोको अभिलेख जिल्ला समितिमा पठाउन समेत आग्रह गरेको छ ।

SPONSORED

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्का, संघका ५ नं प्रदेशका अध्यक्ष अर्जुनकुमार योगी लगायतकाले आ आफ्नो धारणा राख्नु भएको थियो । बैठकको सहजिकरण सचिव प्रकाश डाँगीले गर्नु भएको थियो ।

SPONSORED

SPONSORED