राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जना सरकारी डाक्टर थपिए

२०७६ श्रावण २४, शुक्रबार १३:०० मा प्रकाशित

घोराही, साउन २४ । स्वास्थ्य क्षेत्रमा चलिरहेको कर्मचारी समायोजन पछि दाङको राप्ती स्वास्थ्य विजान प्रतिष्ठानमा ४ जना सरकारी डाक्टरहरु थपिने भएका छन् । कर्मचारी समायोजनकाक्रममा विभिन्न विषय विशेषज्ञ ४ जना सरकारी डाक्रटहरु थपिन लागेको र समायोजनपछि थुप्रै डाक्रटहरु प्रतिष्ठानमा आउने रजिष्टार रामप्रशाद प्याकुरेलले जानकारी दिए ।

उनले यस अघि अस्पतालमा कार्यरत ४ जना सरकारी डाक्रटहरुको पदस्थापना प्रतिष्ठानमै भएको र थप ४ जना सरकारी डाक्रटहरु कर्मचारी समायोजनपछि स्वास्थ्य मन्त्रालयले पठाएको रजिष्टार प्याकुरेलले बताए । उनले यहाँवाट समायोजन भएर जाने र समायोजन भएर आउनेमा जम्मा ८ जना सरकारी डाक्टरहरु रहेको पनि बताए ।

SPONSORED

उनले प्रतिष्ठानमा राम्रा–राम्रा सरकारी चिकीत्सक ल्याउन पहल भइरहेको भन्दै आर्थिकरुपमा स्रोत साधन सम्पन्न हुँदै गएमा प्रतिष्ठानले आफै पनि डाक्टरहरु राखेर विरामिलाई सेवा दिने बताए । थपिने सरकारी डाक्टरमा प्रसुति सेवामा रहेको प्रतिष्ठानले जनाएको छ । डाक्टर थपिएसंगै प्रसुति सेवा पनि थप प्रभावकारी हुने प्रतिष्ठानले जनाएको छ ।

SPONSORED

SPONSORED