चालककै कारण धेरै सवारी दुर्घटना

२०७६ श्रावण २३, बिहीबार २१:५२ मा प्रकाशित

घोराही, दाङमा दैनिक हुने सवारी साधन दुर्घटना चालककै लापरवाहीले धेरै हुने गरेको एक तथ्यांकले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा प्रमुख भएर हालै सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले चालक नै बढी जिम्मेवार भए दुर्घटना नियन्त्रण हुने बताउनुभयो।

ट्राफिक प्रमुख रेग्मीले बुधवार पत्रकारहरुसग परिचयात्मक कार्यक्रम गर्दै सवारी दुर्घटना रोक्न सबैको पहल र सहकार्य आवश्यक रहेको बताउनुभयो। बितेको एक वर्षमा दाङमा एक सय ८४ वटा सवारी साधन दुर्घटनामा परेको र तीमध्ये एक सय ७२ दुर्घटना चालककै कारणले भएको उल्लेख छ। चालकको लापरवाहीअन्तर्गत तीब्रगति, मादकपदार्थ सेवन, ओभरटेक गर्ने जस्ता कार्यले एक सय ७२ दुर्घटना भएको उहा“ले तथ्यांक प्रस्तुत गर्नुभयो। अन्य सडककोअवस्थामा तीन, यान्त्रिक खराबी पाच र मौसमका कारण एउटा दुर्घटना भएको छ।बितेको एक वर्षमा दाङमा सवारी दुर्घटनाबाट एक सय चारजनाको मृत्यु र करोडौंको भौतिक क्षति भएको प्रहरीमा तथ्यांक छ। प्रहरी निरीक्षक रेग्मीले सवारी व्यवस्थानकै जिम्मेवारी लिएर आफू आएको भन्दै सबै पक्षसगको सहकार्यमा दुर्घटना रोक्ने उपायहरु अबलम्बन गर्ने बताउनुभयो। सवारी दुर्घटना कुनै एउटा पक्षको मात्रै विषय नभएको भन्दै उहा“ले प्रहरी, स्थानीय सरकार, उद्योगी व्यवसायी, यातायात व्यवसायी, चालक, यात्रुस“ग सहकार्य गर्ने जानकारी दिनुभयो। जनचेतना अभिबृद्धि, सडकहरुमा आवश्यक चिन्हको प्रयोग, ट्राफिक नियमको पालना र सवारी जा“चलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताउनुभयो।

SPONSORED

 

SPONSORED

SPONSORED