प्रदेश ५ को लोक सेवा आयोग अध्यक्षमा भट्टराइ नियुक्त

२०७६ श्रावण २३, बिहीबार २१:१२ मा प्रकाशित

प्रदेश ५ मा प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा २ बमोजिमको सिफारिस समितिको सिफारिसअनुसार सोही ऐनको दफा ३ को उपदफा ३ बमोजिम भट्राइलाई नियुक्त गर्नुभएको हो ।

सन्धिखर्क १० अर्घाखाँची निवासी भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङमा प्राध्यापक हुनुुहुन्थ्यो । यसअघि मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको थियो ।

SPONSORED

प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री,सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।

SPONSORED

समितिको सिफारिशको आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले नियुक्त गर्ने ब्यवस्था छ ।

SPONSORED