उपनिर्वाचनका लागि ५० स्थानमा तयारी सुरु

२०७६ श्रावण २२, बुधबार २१:१९ मा प्रकाशित

घोराही/आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङ सहित विभिन्न जिल्लाका ५० स्थानमा तयारी सुरु भएको छ । समन्वय समितिमा मनोनित भएपछि र मृत्यु भएका कारण रिक्त रहेका वडा अध्यक्ष माथीका ५० स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रदेश ५ का ९ स्थानमा चुनाव हुने भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएपछि अध्यक्ष पदमा उप निर्वाचन हुन लागेको हो ।

SPONSORED

त्यस्तै दाङ क्षेत्र नम्बर ३ को २ मा प्रदेश सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा परि निधन भएपछि त्यहाँ निर्वाचन गर्नु परेको हो ।

SPONSORED

प्रदेश ५ का बाँकेमा कोहलपुर नगरपालिका वडा नम्बर ६, रोल्पा थवाङ गाउँपालिका वडा नम्बर १, प्युठान ऐरावती गाउँपालिका १ र २, प्युठान नगरपालिका २, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ र गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष पद रिक्त रहेकाले उप निर्वाचन हुन लागेको हो ।

SPONSORED