घोराही,
२१-साउन /  घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा आएका पशुचौपायालाई व्यवस्थान गर्न थालेको छ ।

लामो समय देखीको समस्याकारुपमा रहेको छाडा पशुचौपायालाई उपमहानगरको वडा नम्बर २ चाक्लीघाटमा गौशाला बनाएर व्यवस्थापन थालेको हो ।

SPONSORED

स्थानियबासीहरुलाई रेखदेख गर्ने जिम्मा दिदै उपमहानगरले आजबाट बजारमा रहेका छाडा गाईगोरुलाई चाक्लीघाट लैजान थालेको छ ।

SPONSORED

तत्काललाई अस्थायी संरचनाहरु बनाएर व्यवस्थापन गर्न थालिएको र छिट्टै दिगोरुपमा गाई गोरुलाई राख्ने गरी गौशालाको सोच बनाएको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

चाक्लीघाटकै स्थानीयहरुलाई ति गाईगोरुको जिम्मा दिएको उपमहानगरले आबस्यक संरचना निर्माण, रेखदेखको व्यवस्थापन, सम्बन्धित स्थानमा गाईगोरु पु-याउने खर्च व्यहोरेको छ । आज तीन वटा ट्रक मार्फत उपहानगरले करिब एक सय गाईगोरुलाई चाक्लीघाट लैजादै छ ।

SPONSORED

गाउँगाउँबाट बजारमा आएका पशुचौपायाले दुर्घटनाको जोखिम बढाएको, विरुवाहरु खाएको, आवतजावतमा बाधा सृजना गरेको, तरकारी तथा फलफुल खाईदिएको भन्दै चौतर्फिरुपमा उचित व्यवस्थापनको आवाज उठ्दै आएको थियो ।

गौशालामा रहने गाईहरुबाट दुधको कारोवार, मलमूत्र संकलन गरेर बिक्रि गर्ने सोचका साथ स्थानियहरुले गाईगोरु पाल्ने जिम्मा लिएका हुन् । यसैविच उपमहानगरले कुनै पनि पशुचौपायालाई छाडारुपमा नछोड्न आग्रह समेत गरेको छ ।