राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८६ वर्षिया बृद्धको सफल हिप सर्जरी

२०७६ श्रावण ५, आईतवार २०:०६ मा प्रकाशित

घोराही, साउन ५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना ८६ वर्षिय बृद्धको हिप सर्जरी सफल भएको छ । प्रतिष्ठानले हाडजोर्नि सम्वन्धि धेरै अप्रेसन भएपनी यो उमेरको बृद्धा अवस्थाको अप्र्रेसन भने पहिलोपटक भएको बताएको छ । तुलसिपुरका रुपधरा डाँगिको हिपको सफल अप्रेसन भएको हो ।
प्रतिष्ठानका कार्यवाहक निर्देशक हाडजोर्नि विशेषज्ञ डा.सागर क्षेत्री, डा.ओमप्रकाश अर्याल, डा.अनिल यादव र एनेस्थेसिया डा. राजन शाक्य नेतृत्वको चिकित्सकको टोलिले ८६ वर्षिय डाँगिको हिपको अप्रेसन गरेको हो । डाँगिको हिपको जोर्निवाट भाचिएको भागको सफल अप्रेसन भएको विरामिको अवस्था सामान्य रहेको अप्रेसनमा संलग्न चिकित्सक क्षेत्रीले बताए । ‘हाडजोर्नि सम्वन्धि अस्पतालमा धेरै अप्रेसन भए, तर, यो बृद्ध अवस्थाको उमेरमा अप्रेसन भएको थिएन, हामिले हिपको सर्जरी सफलरुपमा गर्यौ–उनले भने ।

SPONSORED