समस्या लिएर गएका ब्यवसायिहरुलाई सिडिओले मल ढुवानि गर्न भनेर ब्यवसायिमाथि नै प्रश्न तेर्साए(भिडियो)

२०७६ श्रावण ५, आईतवार १८:४० मा प्रकाशित

SPONSORED

समस्या सुनाउन आएका ब्यबसायीलाई किसानको पक्षमा दाङका प्रजिअले राखे समस्याकिसानलाई मल ढुवानि गरेर सहयोग गर्न ब्यबसायीहरुलाई दाङका प्रजिअको आग्रहआफ्नो समस्या सुनाउन आएका ब्यबसायीहरुलाई किसानको समस्या सुनाउदै मल ढुवानी गरेर सहयोग गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले आग्रह गरेका छन ।

SPONSORED

Posted by Daju Nishan Bhattarai on Sunday, July 21, 2019

SPONSORED

शरद रेग्मी
दाङ,
५ साउन । सरकारले साउन १ गतेबाट लागु गरेको अनलाईन प्रणालीको बिरुद्धको दाङका ब्यबसायीहरु आन्दोलित बनेका छन् ।

सरकारले लागु गरेको भिसिटिएस लागु गर्ने निर्णय गरे सँगै आफुहरु मारमा परेको ब्यबसायीहरुको भनाई छ । अनलाईन प्रणालीले चर्को कर तिर्नुपरेको भन्दै तत्काल अनलाईन र वैंकिङ प्रणालीमा जान नसक्ने ब्यबसायीहरुको भनाई छ ।

सोही अनुसार आईतबार दाङका सबै उद्योग बाणिज्य संघले भिसिटिएसको खारेजीको माग गर्र्दै जिल्ला प्रसासन कार्यालय मार्फत संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

दाङ जिल्ला उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्ल प्रसासन पुगेको टोलीले जनताको आधारभुत आवश्यकतासँग जोडिएको खाद्यवस्तुमा समेत कर लगाइएकोप्रति असन्तुष्टि जनाए ।

यस्तै कामदारलाई बैंक मार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने, सबै कामदार तथा कर्मचारीको सामाजिक सुरक्षा योगदान रकम सामाजिक सुरक्षाकोषमा पठाउनुपर्ने जस्ता प्रावधान तत्काल लागु गर्न नसकिने उनीहरुको भनाई थियो ।

उनीहरुले सरकारले ल्याएको नयाँ प्रावधानलाई तत्काल खारेज गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकार मार्फत प्रधानमन्त्रीको कार्यालयलाई माग पत्र पठाएका हुन् ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले अपरान्ह सरकासंग हुन लागेको बार्ता सफल नभएमा आफ्ना उद्योगधन्दा कलकारखाना सबै बन्दगर्ने चेतावनि दिए ।

पत्रकारहरुसङग प्रतीक्रिया दिदै तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेले निजिक्षेत्र संगको समन्वयबिना एकाएक ल्याईएको अनलाइन सिस्टमले ब्यबसायिहरुलाई अलमलमा परेको बताए ।

उनले सरकारले ब्यबसायीका समस्याबारे गम्भीरतापूर्वक नसोचेकाले आफुहरु बाध्य भएर आन्दोलनमा जानु परेको प्रतिक्रिया दिए ।

यस अघि तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुरमा बिरोध ¥याली निकालेको थियो ।

तुलसीपुर बजारका विभिन्न भागको परिक्रमा गरि उद्योगी, ब्यबसायी सहितको टोलीले सयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेको थियो । सो अबसरमा ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले तत्काल प्रधानमन्त्रीकार्यालयमा पठाउने बताए ।

ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यलय पुगेका ढुवानी ब्यबसायिहरुलाई उनले जिल्लामा सहज रुपमा मलको आपूर्तिकाचागि चारहजार बोरा ढुवानी गरिदिन समेत ट्रक ब्यबसायिहरुलाई अनुरोध गरेका थिए । ब्यवसायिहरु आफ्नो समस्या सुनाउन पुगेको वेला प्रजिअ रिजालले किसानलाई मल उपलब्ध गराउनका लागि ढुवानि गरेर सहयोग गरीदिन ब्यवसायिहरुलाई आग्रह गरेपछि ब्यवसायिहरु आफै केही वेर अन्यौल प्रकट गरे । रिजालको किसानलाई मल उपलब्ध गराउनका निमित्त ढुवानि गरीदिएर सहयोग गरेपछि ब्यवसायिहरु आफ्नो ब्यावसायिक वारे कुरा गरेपनि किसानको मलको वारेमा सल्लाह गरेर खवर गर्ने भनेर फकिए । समस्या लिएर गएका ब्यवसायिहरुमाथि नै प्रजिअ रिजालले किसानको समस्या सुनाएपछि ब्यवसायिहरु समस्याको पोको लिएर फर्किए ।
सो अबसरमा ब्यबसायीहरुले महासंघसंग छलफल गरेर जानकारी गराउने बताएका थिए । सो अबसरमा ट्रक समितिका अध्यक्ष यादब शाहले आफुले सक्दो सहयोग गर्ने बताए । ढुवानी ब्यबसायीहरुले ाडा दरमा अग्रिम आएकर र भ्याट लागु गरेको भन्दै देशभर आफ्ना बालबाहक सवारी साधन ठप्प पारेका छन ।