उत्कृष्ट प्रहरीकारुपमा डिआइजिवाट प्रहरी नायव निरीक्षक बिनोद कुमार सिंह सम्मानित

२०७६ श्रावण ५, आईतवार १७:३९ मा प्रकाशित

घोराही, साउन ५ । ५ नं प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायव निरीक्षक बिनोद कुमार सिंहलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको छ । आइतवार एक कार्यक्रमका विच सिँहलाई प्रदेश प्रहरी कार्यालय अन्तर्गत २०७६ आषाढ महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेर कदर पत्रले सम्मान गरीएको हो ।

SPONSORED

सिँहको काम कारवाहीले उत्कृष्ट हासिल गर्नुका साथै आम नागरीकको विचमा प्रहरीसंगठनको छवि उचो राख्न महत्पुर्ण भुमिका खेलेको भन्दैै प्रदेश प्रहरी कार्यालयकोतर्फवाट प्रहरी नायव निरीक्षक उनलाई प्रदेश ५ का प्रहरी प्रमुख डिआइजि सुरेश बिक्रम शाहले कदर पत्र प्रदान गरेका हुन् ।

SPONSORED

SPONSORED