नेकपा दाङको इञ्चार्जमा गौतम, सहइञ्चार्जमा नरुलाल चौधरीसहीत नौ जना

२०७६ श्रावण ५, आईतवार १७:०६ मा प्रकाशित

५ साउन, घोराही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । यसैक्रममा नेकपा दाङको इञ्चार्जमा जिवन गौतमलाई चयन गरेको छ । ईञ्चार्ज गौतम पूर्व माओवादी केन्द्र निकट हुन् ।त्यस्तै सह–ईञ्चार्जमा ९ जना रहेका छन् ।  त्यस्तै सह इञ्चार्जमा सह इञ्चार्जमा इन्द्रजित थारु, दामाकुमारी शर्मा, नारायणि शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासि, मेटमणि चौधरी, हेमराज शर्मा पोख्रेल, शान्ता चौधरीलाई तोकेको छ । सह–ईञ्चार्ज मध्ये पाँचजना पूर्व माओवादी केन्द्र र चारजना पूर्व एमाले निकट रहेका छन् ।

SPONSORED

SPONSORED