जिप्रका दाङद्वारा अबैध काठ सहित दुई जना पक्राउ

२०७६ असार २८, शनिबार १८:११ मा प्रकाशित

घोराही,
२८-असार /  दाङमा अबैधरुपमा सालको काठ काटेर निकासी गर्न लागेका दुई जनालाई ट्याक्टर र काठ सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

घोराही उपमहानगरपालिका ११ स्थित गणेशपुर मित्र सामुदायिक वन क्षेत्रमा अबैधरुपमा काठ काटेर निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई काठ र ट्याक्टर सहित नियन्त्रणमा लिएको हो ।

SPONSORED

घोराही ११ का २३ बर्षिय सौजन्य खनाल र २८ बर्षिय रमन विकलाई दुई वटा साल काटी १० वटा गोलिया बनाएर लु १ त ९९२९ नम्बरको ट्याक्टरमा निकासी गर्न लागेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

SPONSORED

SPONSORED