दाङ चेम्वरको सर्वसम्मत नेतृत्व लिन तयार छु–उपाध्यक्ष श्रीधर महरा

दाङ चेम्वरको सर्वसम्मत नेतृत्व लिन तयार छु–उपाध्यक्ष श्रीधर महरा 1

घोराही । दाङ चेम्वर अफ कमर्श तदर्थ समितिको नयाँ नेतृत्व चयन प्रकृया सुरु भएको छ । चेम्वरको जिल्लातदर्थ समितिको बैठकले जिल्ला अधिवेसन गर्ने निर्णय गरेपछि नेतृत्व चयनको प्रकृया सुरु भएको हो । भर्खरै स्थापना भएको संस्था भएकाले संस्थाभित्रै सहमतिवाट नै नेतृत्व चयन गर्नुपर्नेमा पक्षमा अधिकांश पदाधिकारी तथा सदस्यहरु उभिएका छन् । उनिहरुले भर्खरै जन्मिएको संस्थालाई गति दिन सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने र त्यसमा सबै लाग्ग्नुपर्नेमा जोड दिईएको चेम्वरका कोषाध्यक्ष विकास अग्रवालले बताए ।

उनले सहमतिका लागि प्रयासहरु जारी रहेको र अन्तिममा सहमतिवाट नेतृत्व चयन हुने पनि दावि गरे । उनले संस्थालाई नेतृत्व गर्न चेम्वरभित्र एक से एक नेतृत्व पङ्क्ति रहेको भन्दै आफुहरु विवाद नगरी सहमतिवाट निर्विवाद ब्यक्तिलाई अध्यक्ष ्बनाएर नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको बताए । अधिवेसनका लागि सबै प्रकृयाहरु सुरु भएको भन्दै सर्वसम्मत नेतृत्व चयन गरेर राम्रो शन्देश प्रवाह गर्नुपर्ने आफनो भनाई रहेको र अधिकांश पदाधिकारी र सदस्यहरु सोही कुराको पक्षमा रहेको पनि उनले बताए । संस्थाका अध्यक्ष दीपक सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकले आउदो असार २८ गते शनिबारका दिन संस्थाको अधिबेशन गर्ने निर्णय गरेको छ। बैठकले निर्वाचन अधिकृतमा अधिबक्ता मौसम आचार्यलाई चयन गरेको छ। यसैविच अधिवेसनको मिति नजिकिएपछि चहलपहल सुरु भएको छ । यसअघि विवादै विवादमा फसेको चेम्वरको जिल्ला नेतृत्व अव हुने अधिवेसनले सहमतिमा नेतृत्व चयन गरेर संस्थालाई गति दिनेमा धेरैको अपेक्षा छ । चेम्वरको जिल्ला नेतृत्वका लागि तदर्थ समितिका पदाधिकारीभित्रैवाट दावि सुरु भएका छन् ।

SPONSORED

दाङ चेम्वरको सर्वसम्मत नेतृत्व लिन तयार छु–उपाध्यक्ष श्रीधर महरा 2

तदर्थ समितिको जिल्ला उपाध्यक्ष भएर काम गरेका सफल ब्यवसायि श्रीधर महराले आफु नेतृत्व लिनका लागि इच्छुक रहेको बताएका छन् । उनले कुराकानिकाक्रममा आफु सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको र त्यसको नेतृत्व आफु गर्न तयार रहेको बताए । उनले चेम्वरका पदाधिकारी र सदस्यहरुको सल्लाह, सुझाववाटै आफु अघि बढ्ने भन्दै सर्वसहमतिवाट आफुलाई नेतृत्व दिए यसवाट आफु पछि नहट्ने बताए । उनले भर्खरै जन्मिएको संस्था भएकाले नेतृत्व सर्वसम्मत चुनेर राम्रो शन्देश दिनुपर्ने भन्दै सहमतिवाट चुनिएको नेतृत्वले नै सबैको भावना, विचार समेटर काम गर्न सक्ने बताए । उनले संस्थाभित्र सहमतिको प्रयार जारी रहेको र सबैको साथ, सहयोग रहेमा आफुले सर्वसम्मत नेतृत्व चलाउन तयार रहने पनि बताए । उनले थपे–भर्खरै जन्मिएको संस्थामा सर्वसम्मत नेतृत्व चुन्नुपर्छ, हामि सबै यसैको पक्षमा छौ, सर्वसम्मत नेतृत्व लिन म इच्छुक छु, सबैको सहयोग भएमा संस्थालाई राम्रोसंग चलाउन सक्नेछु भन्ने अपेक्षा लिएको छु ।’ महरा चेम्वरकै सदस्य भएर संस्थापककारुपमा काम गरीसकेका छन् । मिलनसार, सहयोगि महरा ब्यावसायिक क्षेत्रमा लामो समयदेखी सकृय रहेका छन् ।

SPONSORED

दाङ चेम्वरको सर्वसम्मत नेतृत्व लिन तयार छु–उपाध्यक्ष श्रीधर महरा 3

SPONSORED

दाङ चेम्वरको सर्वसम्मत नेतृत्व लिन तयार छु–उपाध्यक्ष श्रीधर महरा 4