घोराहीको न्यायिक समितिको प्रगति–एक बर्षमा ७९ मुद्धामा मिलापत्र

घोराहीको न्यायिक समितिको प्रगति–एक बर्षमा ७९ मुद्धामा मिलापत्र 1

घोराही, २६ असार/घोराही उपमहानगरपालिका न्यायीक समितिले चालु आर्थिक बर्षमा १ सय ९५ वटा विभिन्न खाले उजुरी न्यायका लागि दर्ता भएको जनाएको छ । न्यायीक समितिले आज पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षमा गरेका न्याय सम्पादनका बिषयमा जानकारी गराउदै १ सय ९५ मुद्धा दर्ता भएकोमा ७९ वटा मुद्धामा मिलापत्र गराएको जनाएको छ ।

समितिका संयोजक एवं उपप्रमुख सीता सिग्देल न्यौपानेले चालु आर्थिक बर्षमा दर्ता भएका १ सय ९५ मुद्धामा ७९ वटा मुद्धा मिलापत्र भएको र गत आर्थिक बर्षबाट सरेर आएको १ सय ५१ मुद्धा मध्य १८ वटा मुद्धामा दुबै पक्षलाई मिलापत्र गरीएको जानकारी दिनुभयो ।

SPONSORED

घोराहीको न्यायिक समितिको प्रगति–एक बर्षमा ७९ मुद्धामा मिलापत्र 2

चालु आर्थिक बर्षमा सबै भन्दा धेरै जग्गा बिबादका ६९ वटा मुद्धा आएकोमा ३० वटा मिलापत्र भएको छ भने ५२ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएकोमा २४ वटा मिलापत्र भएको छ ।

SPONSORED

घोराहीको न्यायिक समितिको प्रगति–एक बर्षमा ७९ मुद्धामा मिलापत्र 3

त्यस्तै, लेनदेनका ३० मुद्धामा ७ मिलापत्र, कुलोनालाका ६ मुद्धामा एउटा मिलापत्र, घरभाडाका २ मुद्धामा दुबै समाधान र अन्य बिभिन्न प्रकृतिका ३३ मुद्धामा १५ वटा मुद्धालाई मिलापत्रबाट टुंगोमा पु¥याईएको न्यायीक समिति संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

SPONSORED

घोराहीको न्यायिक समितिको प्रगति–एक बर्षमा ७९ मुद्धामा मिलापत्र 4

न्यायीक समितिले बच्चालाई जन्मदर्ता गराउन सहजिकरण गरेको, सम्बन्ध बिच्छेदका लागि आएकालाई मिलाएर पठाएको, अदालतबाट भएका फैसलालाई कार्यान्वयनमा सहयोग गरेको समेत उहाँले जानकारी दिनुभयो ।