धोकेवाज ठेकेदारको काम सुस्त हुदा नागरिकलाई सास्ती

धोकेवाज ठेकेदारको काम सुस्त हुदा नागरिकलाई सास्ती 1

घोराही, २६ असार/हिजो बेलुका देखी आज दिउँसो सम्म परेको अबिरल बर्षाले दाङमा यातायात सेवालाई प्रभावित बनाएको छ । पुल बन्ने क्रममा रहेका खोलाहरुमा भेलले यातायात सेवालाई असहज बनायो भने यात्रुहरु सास्ती खेपेका छन् ।

घोराही लमही र घोराही तुलसीपुर सडक खण्डमा पर्ने खोलाहरुमा पुल बन्ने क्रममै रहेका कारण कचवे समेत नहुदा आवतजावतमा समस्या भएको हो । ठूला गाडीहरु सञ्चालनमा आए पनि साना सवारीका साधन र पैदलयात्रुहरुले आज बिहानै देखी सास्ती भोगेका छन् ।

SPONSORED

धोकेवाज ठेकेदारको काम सुस्त हुदा नागरिकलाई सास्ती 2

केही खोलाहरुमा पुल निर्माणको अन्तिम चरणमा पुगेपछि यसबर्षको बर्षामा सास्ती नै भोग्ने देखिएको छ । यसैविच घोराहीको कटुवाखोला पुलमा आजबाट गाडी चलेको छ । तर पुलको पूर्ब तर्फको क्षेत्रमा गिट्टी र माटोले फिलिङ गरेका कारण पुलनै जोखिममा परेको छ ।

SPONSORED

धोकेवाज ठेकेदारको काम सुस्त हुदा नागरिकलाई सास्ती 3

गएराती देखी आएको भेल पुल मुनिबाट बग्न नसकेपछि पुलका पूर्बभाग कटान गरेको छ भने आधादर्जन घरहरु डुवानमा परेका थिए । उक्त कटान गरेको भागमा आज नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित ठेकेदारका कामदारहरुले ग्याविन जाली लगाएका छन् ।

SPONSORED

धोकेवाज ठेकेदारको काम सुस्त हुदा नागरिकलाई सास्ती 4