समयमै पुल नबन्दा वर्षेनी सास्ती, कटुवाखोला पुलको झनै हरिबिजोग

२०७६ असार २६, बिहीबार १३:५६ मा प्रकाशित

जिल्लाको घोराही–तुलसीपुर तथा लमही घोराही सडक खण्डमा समयमै पुल बन्‍न नसक्दा खोलाहरूमा सावरी साधन र नागरिकले वर्षेनी सास्ती पाउने गरेका छन्। लमही–घोराही हुँदै तुलसीपुर सडक अन्तर्गत आधा दर्जन खोलामामा पुल निर्माणको काम सुरू भएपनि लामो समयसम्म पुल बन्‍न नसक्दा वर्षादको समयमा सवारी साधन र पैदलयात्रुहरूले दु:ख पाउने गरेका छन्।

पुल निर्माणमा सम्बन्धीत निकायले ध्यान नदिँदा दुई वर्षमा निर्माण गरिसक्नुपर्ने पुलहरू पाँच वर्ष वितिसक्दा समेत निर्माण सम्पन्‍न हुन सकेका छैनन्। जसले गर्दा घोराही–तुलसीपुर तथा लमही–घोराही सडक खण्डमा आवाजावत गर्ने यात्रुले सास्ती पाउने गरेका छन्।

SPONSORED

जिल्लाको घोराही–लमही सडक खण्ड अन्तर्गत बबई नदी, सिस्ने खोला र कटुवा खोलामा पुल निर्माणको काम भइरहेको छ। कुटवा खोलामा पुल निर्माणको काम सम्पन्‍न भएपनि सल्याव निर्माणमा समस्या रहेको भन्दै ठुला गाडी चलाउन दिइएको छैन। समयमै पुल निर्माण नहुँदा सवारी साधान चलाउन समस्या हुने गरेको सवारी चालक सुशील चौधरीले बताए। विगत तीन वर्षदेखि घोराही–तुलसीपुर सडक खण्डमा बस चलाउँदै आएका उनले बर्षादको समयमा खोलामा भल आउँदा घण्टौ कुनुपर्ने बाध्यता रहेको बताए। ‘घोराही–तुलसीपुर सडक खण्डमा मात्र ६ वटा खोला रहेका छन्। अहिलेसम्म कुनै पनि खोलामा पुल निर्माणको काम सकिएको छैन’,चालक चौधरीले भने,‘ पुल निर्माण भइरहेको खोलामा गाडी चलाउन झन समस्या रहेको छ।’

SPONSORED

पिच सडक भत्काइएको र पुल निर्माणको कामले गर्दा खोलामा खाडल भएका कारण गाडी चलाउन झन समस्या रहेको बताए। घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत गुज्रे खोला, पत्रे खोला, संक्राम खोला र ग्वार खोलामा पुल निर्माणको काम भइरहेको छ। सेमबार खोला र हापुल खोलामा अझै पुल निर्माणको काम भएको छैन। यस वर्ष गुर्जे खोला र संक्राम खोलाको पुल निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयले बताएपनि असार महिना सकिनै लाग्दा समेत सडक निर्माणले पूर्णता पाउन नसक्दा वर्षातको समयमा खोलाहरुमा घण्टौसम्म बस्नुपर्ने बाध्यता रहेको छ। वर्षादको समयमा खोलाहरूले साना गाडीहरुलाई बगाउने समेत गरेको छ।

SPONSORED

लिलाधर वलि