दाङमा लागुऔषधसहित चार पक्राउ

दाङमा लागुऔषधसहित चार पक्राउ 1

दाङ प्रहरीले लागुऔषध मनोद्धिपक पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले घोराही उपमहानगरपालिका- १३ डुमरगाउँस्थित ईश्वरी थापाको घरमा डेरा गरि बस्नेत च्याङरा भन्ने हिक्मत रोकामगरसहित चार जनालाई पक्राउ गरेको हो।

डेरा गरी बस्ने घरको सौचालयमा डाइजापाम र नुफिन लागुऔषध लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदविक्रम शाहले जानकारी दिए। प्रहरीले लुकाई राखेको डाइजापाम २ एम.एल. लेखेको १० थान र नुफिन २ एम.एल. लेखेको १० थान गरि जम्मा २० थान पक्राउ गरेको छ।

SPONSORED

दाङमा लागुऔषधसहित चार पक्राउ 2

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १० घर निवासी २३ वर्षीय केशव डागी, रोल्पा जिल्ला साविक कुरेली–८ निवासी हाल घोराही–१३ मा बस्ने २२ वर्षीय रमेश बुढामगर र घोराही उपमहानगरपालिका १४ बस्ने २६ वर्षीय दामबहादुर पुन रहेका छन्। पक्राउ परेका उपर लागुऔषध (नियन्त्र) ऐन २०३३ अनुसार मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए।

SPONSORED

दाङमा लागुऔषधसहित चार पक्राउ 3

प्रहरीले यस वर्ष जिल्लामा लागुऔषधका २९ घट्नामा ३७ पुरुष र नौ जना महिलासहित ४६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले प्रतिवन्धीत चरेश ६० केजी, ब्राउनसुगर २१९ ग्राम, गाजा ७ केजी ६ ग्राम र ९७ ट्याब्लेट नाइट्राभेट लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

SPONSORED

दाङमा लागुऔषधसहित चार पक्राउ 4