दाङमा ट्रायल स्थलमा सिसी क्यामरा

२०७६ असार २, सोमबार ११:३० मा प्रकाशित

गोपाल शर्मा भट्टराई
तुलसीपुर, २ असार । यातायात व्यवस्था कार्यालय दाङले सवारी चालक अनुमति पत्रका लागि लगिने प्रयोगात्मक परीक्षास्थलमा सिसी क्यामरा जडान गरेको छ । परीक्षा लिने स्थान ट्रायल स्थलमा सिसी क्यामरा जडान गरी प्रयोगात्मक परीक्षालाई प्रवृद्धिबाट नियमन गर्न लागेको हो ।

परीक्षालाई पारदर्शी, मर्यादित र स्वच्छ बनाउन प्रदेशमै पहिलो पटक यातायात व्यवस्था कार्यालय दाङले सिसी क्यामराबाट नियमन गर्न लागेको हो ।

SPONSORED

प्रदेश नं। ५ अन्तर्गत रहेका तीनवटा यातायात कार्यालयमध्ये दाङले सवारी चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परीक्षाको निगरानीका लागि आइतबारदेखि सिसी क्यामरा जडान गरिएको कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए ।

SPONSORED

उनले सिसी क्यामरा जडान भएपछि यातायातको परीक्षालाई भरपर्दो, ब्यवस्थित बन्नमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

SPONSORED

‘हाम्रो प्रमुख लक्ष्य र उद्देश्य भनेको नतिजामा पारदर्शीता कायम होस् र यथार्थता सबैमा पुगोस् भन्ने हो’ प्रमुख ढकालले भने, ‘सिसी क्यामराले विश्वसनीयता निर्माण गर्ने अनियमितता रोक्न सहयोग पु¥याउने छ ।’

अहिले ट्रायल सेन्टरमा पाँचवटा सिसी क्यामरा जडान गरिएको छ । ट्रायल स्थल पूरै कभरेज गर्न पाँच स्थानमा सिसी क्यामरा जडान गरिएको उनले बताए । सबै पार्टमा सिसी क्यामरा जडान गरिएको छ, उनले भने, ट्रायल स्थलमा नै कन्ट्रोल रुप र मोबाइल एप्सबाट पनि त्यसको निगरानी गर्न सकिने प्रविधि जडान गरिएको छ ।

प्रविधि अंगालेका छाँै, यसलाई बचाई राख्न केही चुनौति छन्, प्रमुख ढकालले भने, त्यो क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले विशेष चासो र ध्यान दिएमा हामी पूर्णरुपमा आभारी हुने थियौँ भने सुरक्षित पनि भएको महसुस हुनेछ ।

यातायातको पूर्वाधार निर्माणमा अहिले महत्व दिनुपर्ने अवस्था रहेको उनले बताए । कार्यालय भाडामा बसेको छ । ट्राइल स्थल पनि भाडामा छ उनले भने स्थायित्वको लागि सोचेरहेका छाँै ।

यातायात ब्यवस्था कार्यालय दाङका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले पहिलो चरणमा झण्डै सवा लाख रुपैयाँ लागतमा सिसी क्यामरा जडान गरिएको बताए ।

उनले खुला क्षेत्र भएका कारण सुरक्षा चुनौती रहेको उल्लेख गरेर हाम्रो ट्रायलस्थल लिजमा लिएका छौँ, खुला क्षेत्र भएकाले सुरक्षा चुनौति पनि त्यति नै रहेको अधिकारीले बताए ।

सिसी क्यामराबाट निगरानी ने ट्रायल स्थल प्रदेश नम्बर ५ मा दाङ मात्रै हो । तीनवटा कार्यालय रहे पनि अन्यमा यो प्रविधि जडान भएको छैन ।
स्पोर्टमै नतिजा

यातायात व्यवस्था कार्यालय दाङले आइतबारदेखि ट्रायल स्पोर्टमै नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । प्रयोगात्मक परीक्षालाई ब्यवस्थित गर्ने उद्देश्यले परीक्षा दिएकै दिन त्यो पनि परीक्षा स्थलबाट नजिताको सार्वजनिकीकरण गर्न थालेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख ढकालले सवारी चालक अनुमति पत्रको लागि ट्रायल दिइसके पछि बेलुका स्पोर्टबाटै नजिता सार्वजनिक गरिन सुरु गरेको बताए ।

नतिजामा प्रविधिको प्रयोगसँगै सेवा प्रवाह पनि छिटोछरितो बनाउन यो प्रद्दति अपनाइएको प्रमुख ढकालले बताए । सिसी क्यामरा जडान भएको दिन एक हजार दुई सय जना परीक्षार्थीले ट्रायल दिएका छन् ।

प्रदेश टुडे दैनिक