दाङवाट पत्रकार महासंघका पुर्व अध्यक्षहरुले एकैस्वरमा भने–मिडिया विधेयक नियन्त्रणमुखी भयो, यसलाई फीर्ता गर्नुपर्छ’

२०७६ असार १, आईतवार २२:३३ मा प्रकाशित

घोराही,
१ असार । दाङका अग्रज पत्रकारहरुले सरकारले अघि सारेको मिडिया काउन्सील बिधेयकलाई राखेज गर्न माग गरेका छन् ।

रिपोटर्स क्लव दाङले आईतवार घोराहीमा आयोजना गरेको बिधेयकका बिषयमा आयोजना गरेको छलफल कार्यक्रममा पत्रकारहरुले मिडिया काउन्सील बिधेयकलाई अघि नबढाउन माग गरेका हुन् ।

SPONSORED

कार्यक्रममा प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष एवं बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले मिडिया काउन्सील बिधेयकमा नियमनको नाममा नियन्त्रणमुखी देखिएको भन्दै त्यसको आबस्यकता नै नभएको बताए ।

SPONSORED

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

SPONSORED

पत्रकारहरु स्वयम अनुशासित र जिम्मेवार बन्नु पर्ने तर नियमनको नाममा सरकारले नियन्त्रण गर्न भने नपाउने शर्माले उल्लेख गरे । पत्रकारहरुका लागि आचारसंहिता भएको उल्लेख गर्दै त्यसको पालना नै जिम्मेवार पत्रकारीता अस्त्र भएको धारणा राखे ।

पत्रकारीतामा देखिने अराजकतालाई रोक्न भने आबस्यक रहेको उनको भनाई छ । कार्यक्रममा अर्का पत्रकार टीकाराम रेग्मीले मिडिया काउन्सील बिधेयक नियमन भन्दा पनि नियन्त्रणमुखी भएको बताए ।

त्यसैगरी प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतम, पत्रकार महासंघ दाङका पूर्ब अध्यक्ष प्रताप रेग्मी लगाएतकाले लेखेकै भरमा कुनै पनि पत्रकारहरु असुरक्षित हुन नहुने बताए ।

तर सरकारले बिभिन्न बहानामा नियन्त्रण नै गर्ने गरी कानुन ल्याउन लागेको प्रति भने उहाँहरुको आपत्ती छ । रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने पत्रकारहरुले विधेयक सच्चाउनु पर्ने बताए । कार्यक्रमको सञ्चालन पत्रकार विमल गौतमले गरेका थिए ।