तुलसीपुरबाट नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन

२०७६ असार १, आईतवार २२:०८ मा प्रकाशित

तुलसीपुर
१ असार/ दाङको तुलसीपुरमा नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ घोराही रोडबाट गएको चैत १९ गतेदेखि कारोवार शुरु गरेको उक्त बैंकको उद्घाटन भने आईतबार गरिएको हो ।

बैंकको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका हुन् ।

SPONSORED

त्यस अवसरमा प्रमुख पाण्डे यस अघि तुलसीपरमा उक्त बैंकको शाखा नहुँदा हरेक कार्यका लागि घोराही जानुपर्ने बाध्यता रहेको भन्दै अब यो अबस्था अन्त्य हुने बताए । शाखा प्रबन्धक विश्वराज अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

SPONSORED

अधिकारीका अनुसार नेपाल बैंकले प्रदान गर्ने सेवा अब तुलसीपुरबाटै प्राप्त हुनेछ

SPONSORED

अबको एकहप्ता भित्रै एटिएम मेसिन पनि आउने समेत उनले बताए । उनका अनुसार कारोबारो शुरु गरेको अहिलेसम्म करिब दुई हजार खाता, चार करोड निक्षेप र आठ करोड कर्जा प्रदान गर्न सफल भएको समेत उनले बताए ।

साथै चालुआर्थिक बर्षभित्र ६ करोड निक्षेप, १५ करोड कर्जा प्रदान गर्ने लक्ष्य रहेका समेत उनले बताए । अहिले बैंकको तुलसीपुर शाखाका लागि ६ जना कर्मचारी कार्यरत रहेका छन् । थप दुई जना कर्मचारी केहीसमय पछि आउने उनले बताए ।

अहिले बैंकका लागि घर भाडामा लिएर सेवा शुरु गरिएको हो । उनका अनुसार मासिक ८० हजार रुपैयामा तिर्ने सहमति भएको छ । कार्यक्रममा बैंकका प्रदेश नं.५ प्रमुख पासाङ दोर्जे सेर्पालगायतको सहभागिता थियो ।