मा. उत्तरकुमार ओली सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिने,५ करोड बजेट बिनियोजन

२०७६ असार १, आईतवार २२:०१ मा प्रकाशित

१-असार /  प्रदेश नं ५ सरकारले मा. उत्तरकुमार ओली सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश नं. ५ को आगामी आर्थिक बर्ष २०७६-०७७ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले सडक दुर्घटनामा परि ज्यान गुमाएका दाङ क्षेत्र नं. ३ (ख)का सांसद ओलीको सम्झनामा उक्त कार्यक्रम सञ्चालन गरिने बताए ।

SPONSORED

उक्त कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणका लागि चेतना प्रदान गर्नुका साथै सडकमा सिसी टिभि जडान गरिने बताए । त्यसका लागि ५ करोड बजेट बिनियोजन भएको छ ।

SPONSORED

SPONSORED