बजेट नपाएको राप्ती स्वास्थ्य प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृतमा रुपान्तरण गरिने

२०७६ असार १, आईतवार २१:५२ मा प्रकाशित

घोराही
१ असार । दाङको राप्ती प्रादेशिक अस्पताललाई बिशिष्टिकृत अस्पतालका रुपमा रुपान्तरण गरिने भएको छ ।

प्रदेश नं। ५ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले राप्ती प्रादेशिक अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत अस्पतालमा रुपान्तरण गर्नका लागि बजेट बिनियोजना गरेको बताए । यद्यपि, मुख्यमन्त्रिको आफ्नै चुनावि क्षेत्र दाङ २ क मा पर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट नपाएर आफै थलिएको छ ।

SPONSORED

जटिल रोगको उपचार प्रदेशभित्रै उपलब्ध गराउन पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि बजेट बिनियोजन गरेको उनको भनाई थियो ।

SPONSORED

त्यस्तै राप्ती प्रादेशिक अस्पतालमा एनआईसियु। सेवा सहितको पेडियाट्रिक बिशिष्टिकृत सेवा बिस्तार गरिने छ , भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सि।टि।स्क्यान मेशिन सहितको न्यूरो तथा अर्थोसम्बन्धी बिशिष्टिकृत सेवा प्रदान गर्नकालागि २५ करोड ६३ लाख बजेट बिनियोजन गरेको जानकारी दिए ।

SPONSORED

त्यस्तै प्रादेशिक अस्पतालहरुमा भेन्टिलेटर सहितको एम्वुलेन्स सेवा प्रदान गरिनेछ । एम्बुलेन्स सेवाको सहज उपलब्धताका लागि संचालनमा आएका एम्बुलेन्सको ट्रयाकिङ् गरिनेछ ।

जोखिममा रहेका गर्भवती, सुत्केरी आमाहरु र दुर्घटनाका घाइतेलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न स्थानीय तहसँग सहकार्य गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक एम्बुलेन्सको व्यवस्था मिलाईनेछ ।