मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम धमाधम चल्दै

२०७६ जेष्ठ २९, बुधबार २१:३१ मा प्रकाशित

घोराही २९ जेठ/दाङका तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सञ्चालन भइरहेका छन् । मानब बिकास सुचांक कमजोर रहेका जिल्लाका तीन गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन भएका हुन् ।

जिल्लाका बबई, बंगलाचुली र राजपुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सञ्चालन भइरहेका छन् । तीन गाउँपालिकाका स्थानीय समुदायको ब्यक्तिलाई आत्म निर्भर बनाउनका लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सञ्चालन भइरहेको हो ।

SPONSORED

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत् तीन गाउँपालिकाका युवाहरुले सीप सिक्ने कार्यमा सहभागी भएका छन् । मोटरसाइकल मर्मत, कपाल काट्ने, गार्मेन्ट, चुरापोते बनाउने तालिम सञ्चालन भइरहेका छन् ।

SPONSORED

SPONSORED