दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७६ जेष्ठ २९, बुधबार २१:२५ मा प्रकाशित

घोराही, २९ जेठ/दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १४ कपासी बगिया निबासी ४८ बर्षिय रामु चौधरीको मृत्युभएको हो ।

कपासी बयिया गाउँमा बिजुलीको पोलमा चढेर बिग्रीएको मर्मत गर्ने क्रममा गएराती ९ बजे चौधरीलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाईते चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

SPONSORED