करणी अभियोगमा युवक पक्राउ

२०७६ जेष्ठ २९, बुधबार २१:०७ मा प्रकाशित

दाङ, जेठ २९ । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई उक्त अभियोगमा पक्राउ गरेको छ । पक्राउ परेका भण्डारीले एकजना १७ बर्षीया सल्यान जिल्लाकी किशोरीलाई एक वर्ष अगाडिदेखि डर त्रास देखाएर करणी गर्दै आएको प्रहरीले बताएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ डोक्रेनामा कोठा भाडामा लिएर बस्दै आएका भण्डारीले एक वर्षदेखि बेईजत गरिदिने वा बारम्वार ज्यान लिने धम्कि दिदै ती किशोरीलाई बलात्कार गर्दै आएको प्रहरीले बताएको छ ।

SPONSORED

भण्डारीले सल्यानकी ती किशोरीलाई सुरुमा विवाह गर्छु भन्दै ललाई फकाई करणी गरेको र त्यसपछि कतै भनेमा ज्यान लिने धम्की दिदै आएको भन्ने पीडितले जोहरीका आधारमा पक्राउ दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बताए । भण्डारी विवाहित व्यक्ति भएको प्रहरीले बताएको छ । दाङ देउखुरी जिल्ला अदालतले भणडरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरीले बताएको छ ।

SPONSORED

SPONSORED