ट्राफीक कार्यालय दाङद्वारा पाँचवटा भारतीय गाडी पक्राउ

२०७६ जेष्ठ २९, बुधबार २०:४३ मा प्रकाशित

अञ्जना चौधरी
तुलसीपुर
२९ जेठ । जिल्ला ट्राफीक कार्यालय दाङले जिल्लामा अबैध रुपमा चलिरहेका पाँचवटा भारतीय गाडीलाई पक्राउ गरि कारबाही गरेको छ । विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रुहरु ओसार–पसार गर्ने गरेको यातायात ब्यवसायिहरुको गुनासोको आधारमा ट्राफीक कार्यालयले पाँचवटा गाडिलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यबसायी मर्कामा परेको गुनासो आएपछि यसमा कडाई गर्न थालिएको छ ।

SPONSORED

‘अहिले भारतीय गाडिहरु दाङ आएर ब्यबसायीक रुपमा यात्रु ओसारपसार गरिरहेको भन्ने गुनासो ब्यापक आउन थाल्यो’उनले भने‘ त्यसैले गर्दा पनि हामीले यसलाई निगरानी बढाएका हौं ।’

SPONSORED

दाङमा रुटपरमिटबिनै यात्रुहरु बोक्दै आएको एउटा बोलेरो, चारवटा जीपलाई नियन्त्रण लिई आबश्यक कारबाही थालिएको प्रमुख कुँवरले बताए ।

SPONSORED

उनका अनुसार ट्राफिक प्रहरी कार्यालयले एक÷एक हजार रुपैँया जरिवाना काटेर थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय दाङमा पठाईएको उनले जानकारी दिए ।

त्यस्ता सवारी साधनलाई यातायात व्यवस्था कार्यालयले पाँच हजार रुपैया सम्म जरिवाना गर्ने व्यवस्था छ । भन्सार अनुमति लिएर निश्चित प्रयोजन र निश्चित समयका लागि मात्रै नेपालमा सञ्चालन हुन पाउने प्राबधान रहेको छ ।