घोराही उपमहानगर-१६ मा समीर वलीकाे अध्यक्षतामा युवा क्लव गठन

२०७६ जेष्ठ २८, मंगलवार १८:०९ मा प्रकाशित

घाेराही, जेठ २८ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का युवाहरुका लागि वडा स्तरीय युवा क्लव गठन गरिएकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा सदस्य मंगल चाैधरीकाे अध्यक्षतामा आज बसेकाे बैठकले २५ सदस्यीय कार्यसमिति गठन गरेकाे छ ।

जसकाे अध्यक्षमा समीर वली, उपाध्यक्षमा उदयराज श्रेष्ठ, महासचिवमा गजेन्द्र राेका सचिवमा दिपेन्द्र शाह, काेषाध्यक्षमा  झरना डिसी चयन हुनु भएकाे छ । यस्तै, सदस्यहरूमा कुसुम श्रेष्ठ, प्रकाश केसी, कमल परियार, किसन बहादुर गुरुङ, सञ्जय आले, निरन चाैधरी, शिव प्रसाद देवकोटा, भुसन पन्थी, कुल बहादुर गिरी, राेहित बस्नेत, निर्मला एरी, बसन्त नाथ, हुमा कुमारी पुन, राजन चाैधरी, आषिका राेका, संगम परियार, लाल कुमारी बुढा, भुम भण्डारी, सागर वली, तुल्सि चाैधरी, सुमित्रा केसी र करण वली चयन हुनु भएकाे छ।

SPONSORED

त्यसैगरी, कार्यसमितिकाे निर्णयअनुसार ७जना सल्लाहकार पनि चयन गरेकाे छ। सल्लाहकारहरूमा दुर्गाप्रसाद श्रेष्ठ, सिंह बहादुर राेका, विकास राेका, देउमन दमाई, खिमा घर्ती मगर, प्रबिन भण्डारी र डम्बर डिसी रहनु भएकाे छ। वडा स्तरीय क्लवले स्थानीय स्तरमा हुने गतिविधि र सुशासनमा विशेष याेगदान दिने लक्ष्य राखेकाे छ ।

SPONSORED

SPONSORED