चेम्वरको कार्यालय तोडफोड भएको छैन, मैले ताला चेञ्ज गरेको चाही हो–चेम्वर जिल्ला अध्यक्ष दिपक सुवेदि

२०७६ जेष्ठ २८, मंगलवार १२:३१ मा प्रकाशित

घोराही, जेठ २८ । दाङ चेम्वर अफ कमर्शका अध्यक्ष दिपक सुवेदिले आफुले चेम्वरको कार्यालय तोडफोड नगरेको स्पष्ट पार्दै विभिन्न समयमा कार्यालयको ताला वदलेपछि आफुले कार्यालयको ताला फेरेको बताएका छन् ।

सञ्चारमाध्यममा चेम्वरको कार्यालय तोडफोड गरेको समाचार आएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै यसअघि पटक–पटक ताला फेरेपछि आफु वाध्य भएर ताला फेरेको पनि उनले बताए । उनले चेम्वरको सुरुमा रहेको ताला जेसिजको रहेको र चावि स्टाफसंग रहने गरेको भन्दै कार्यालय जादा स्टाफले चावि नमिलेको भनेपछि आफुले जेसिज महासचिव र चेम्वरकै महासचिवले आफुलाई यो वारेमा थाहा नभएको बताएपछि आफुले पहिले लगाएको ताला फोडेर नयाँ ताला लगाएको बताए । जेसिज महासचिवलाई तालाको विषयमा सोध्दा आफुहरुले चेञ्ज नभएको बताउनु भयो, त्यति मात्रै नभएर मैले चेम्वरकै जिल्ला महासचिवलाई पनि यो वारेमा सोधे, उहाले पनि आफुलाई थाहा नभएको बताउनु भयो–सुवेदिले थप्दै भने–शनिवारको दिन चेम्वरकै स्टाफसंग चावि मागेर खोल्न खोज्दा भवनको तल्लो गेटको ताला खुलेको र कार्यालयको ताला नखुलेपछि कार्यालयको संस्थाको छाप, लेटरप्याड आवश्यक परेका कारण ताला फोड्नु परेको हो, कार्यालय खोलेर हेर्दा संस्थाको माइन्युट, लेटर प्याड, छाप, विधान संस्थावाट गायव रहेकाले सो सम्वन्धमा सोधपुछ गर्नका लागि नयाँ ताला लिएर कार्यालयमा लगाएको र कार्यालयको चावि मसंग रहेको छ ।’साथै अध्यक्ष सुवेदिले संस्थामा कुनै पनि तोडफोड नभएको स्पष्ट पारे ।

SPONSORED

त्यस्तै घोराही चेम्वर अफ कमर्शकि अध्यIले चेम्वरको कार्यालय तोडफोडको सन्दर्भमा घोराही चेम्वरका पदाधिकारी र सदस्य कसैको पनि संलग्नता नभएको स्पष्ट पारेकि छिन् । उनले आफुहरु संलग्नता नहुँदा नहुँदै चेम्वरकै जिम्मेवार पदाधिकारीहरुवाट गलत अभिब्यक्ति आउनु दुखद पक्ष भएको टिप्पणि गरेकि छिन् ।

SPONSORED

SPONSORED