राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवारसम्म २० जनाको निशुल्क हाइड्रोशिलको अप्रेसन

२०७६ जेष्ठ २७, सोमबार २२:३१ मा प्रकाशित

घोराही, २७ जेठ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क हाईड्रोलशिलको अप्रेशन जारी रहेको छ । प्रत्येक हप्ताको शुक्रवार र शनिवार अप्रेसन गर्ने कार्यक्रम अनुसार सो सेवा जारी रहेको हो । शिविरको अप्रेसन गर्ने कार्यक्रम अनुसार शुक्रवार र शनिवार हुने अप्रेसनमा सोमवारसम्म २० जनाको निशुल्क हाइड्रोशिल अप्रेशन गरीएको प्रतिष्ठानका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिनु भयो । प्रतिष्ठानका सर्जन डा। इश्वरी भुसाल, एनेस्थेसिया डा।राजन शाक्य, नर्सहरु विन्दु पौडेल, बसन्ता घर्ति, मिना डिसि, सृष्टी शर्मा, समिता डिसिसहीतको चिकीत्सकको टोलिले अप्रेसन गरेको हो ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोगमा प्रतिष्ठानले हाईड्रोशिलको निशुल्क अप्रेशन गर्न थालिएको अर्का शाखा अधिकृत रोशन आचार्यले बताए । घोराही उपमहानगरपालिका र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पदाधिकारीहरु बिचको बैठकले जाँच सेवा सुरु गर्ने र असार १५ गते सम्म प्रत्येक साताको शुक्रबार र शनिबार निशुल्क हाइड्रोशिलको अप्रेशन गर्ने निर्णय गरेको छ । ओपिडी कक्षमा जाँच सुरु भएको र साताको ५ दिन पूर्व जाँचहरु तयार गर्ने शुक्रबार र शनिबार प्रतिष्ठानमै अप्रेशन गर्ने सर्जन डा। इश्वरी भुसालले जानकारी दिनुभयो । दैनिक ५ देखी १० जना सम्मको अप्रेशन गर्न सकिने डा। भुसालको भनाई छ ।

SPONSORED

जिल्ला भरीका हाइड्रोशिल भएका बिरामीहरुलाई नै सेवा दिने उदेश्य राखिएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले बताए । स्थानिय सरकार सँगको समन्वयबाटै नागरिकहरुलाई उपचार र स्वास्थ्यमा पहुँच पु¥याउन आफुहरु तयार रहेको समेत उल्लेख गरे ।

दाङमा करिब ३ सय बढी अण्डकोष अर्थात हाईड्रोशिलका बिरामीहरु रहेका छन् । यातायात खर्च बाहेक विरामीलाई अस्पताल खर्च नलाग्ने गरी व्यवस्था मिलाईएको छ ।

SPONSORED