काम नगर्ने ठेकेदारलाई कार्वाही गर्न मुख्यमन्त्री पोख्रेलको निर्देशन,समयमै पुल नवनाउने तिन निर्माण कम्पनिलाई ८५ लाख जरीवाना

२०७६ जेष्ठ २५, शनिबार २२:०८ मा प्रकाशित

घोराही, २५ जेठ/प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले निर्धारीत समयमा पुल तथा सडकको काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न दाङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले म्याद थपेर पनि काम नगर्ने अनि मुख्यमन्त्री र सभामुखले दोष खेप्नु परेको भन्दै ठेकेदारलाई तत्काल कार्वाही प्रकृया थाल्न प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिनुभएको हो ।

SPONSORED

कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी रिजाललाई मुख्यमन्त्री पोख्रेलले आगामी बर्षामा जनताले दुःख पाउन नहुने भन्दै कसैको कुरा नसुनेर ढिलाई गर्ने ठेकेदार माथी तत्काल कार्वाही गर्न निर्देशन दिनुभयो ।

SPONSORED

मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सबैको प्रतिष्ठाको संस्था भएको उल्लेख गर्नुभयो । आफ्नै आम्दानीले चल्ने गरी प्रतिष्ठानको ऐन बनाउने अनि सरकारले पैसा दिएन भनेर नेतालाई गाली गर्नु उचित नभएको टिप्पणि गर्नुभयो ।

SPONSORED

प्रतिष्ठानले अस्पताल राम्रो सँग चलाउन नसकेको अबस्था र एकेडेमीको कामका लागि जग्गा समेत टुंगो लाग्न नसक्दा सरकारले बजेट सुनिश्चित नगरेको जानकारी दिनुभयो । प्रकृयागत कामको सुरुवात भए बजेटको कुनै कमि नहुने उहाँको भनाई छ ।

मुख्यमन्त्री पोख्रेलले दाङको विकास भएन भनेर अतिरन्जीत प्रचार गरिएको प्रति असन्तुष्टि जनाउनुयो । जिल्ला भित्र र जिल्ला देखी बाहिरी जिल्ला जोड्ने ठूला सडकहरु बनिरहेको, खेलकुद, सार्वजनिक भवन, खानेपानी, विद्युतमा ठूलो लगानी भएको भन्दै ति कामको खोजी गर्न आग्रह गर्नुभयो ।

साथै उहाँले जिल्ला समन्वय समिति दाङले प्रत्येक पालिकालाई दिएको ३ करोडको बजेटलाई वडा कार्यालय व्यवस्थित गर्न खर्च गर्न आग्रह गर्नुभयो । जिल्लाको एकीकृत विकासका लागि समन्वयात्मक भुमिकामा पालिका र जिल्ला समन्वय समिति अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

जिम्मा लिएको बर्षौ सम्म पनि दाङमा पुल निर्माण नगर्ने निर्माण व्यवसायीलाई सरकारले ८५ लाख रुपैयाँ जरिवाना तिराएको छ । पुलहरु सम्झौता अबधी भन्दा निकै लामो समय सम्म पनि निर्माण नसकेपछि सडक डिभिजन कार्यालय दाङले ८५ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

काठमाडौंको शंकरमाली निर्माण कम्पनीले कटुवाखोलाको पुल बनाउन ४ करोड १० लाख रुपैयाँमा २०७१ साल भदौ ११ गते सम्झौता गरि म्याद थप सहित २०७४ असोज १० गतेसम्म निर्माण सक्नु पर्ने भए पनि नसकेपछि ३५ लाख रुपैयाँ जरिवाना काटेको सडक कार्यालयले जनाएको छ ।

त्यस्तै शंकरमाली निर्माण कम्पनीले नै ठेक्का लिएको पत्रेखोलाको पुल पनि सम्झौता अबधी भित्र सम्पन्न नभएपछि २५ लाख रुपैयाँ जरीवाना तिराएको सडक कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

२०७१ भदौ १ गते ४ करोडमा सम्झौता भएको र २०७४ असोज ९ गतेसम्म सम्पन्न भइसक्नुपर्ने उक्त पुल पनि कामै नभई अलपत्र पर्दा सडक डिभिजन कार्यालयले २५ लाख जरिवना काटेको हो ।

यसैविच रसुवा कन्स्ट्रक्सन प्रालिले हापुर खोलामा बनाउन लागेको पुलमा लापरवाही गर्दा २५ लाख जरिवना तिर्न बाध्य भएको छ । पुल निर्माणमा छुट्याईएको बजेट कटौती गरी राजस्वमा संकलन भएको इन्जिनियर भण्डारीको भनाई छ ।

चालु आर्थिक बर्षको अन्त सम्म पनि पुल निर्माण हुने लक्षण नदेखिए कानुनी कार्वाहीमा जाने अन्तिम निर्णय भएको समेत उहाँले जानकारी दिनुभयो ।