राप्ती स्वास्थ्य प्रतिष्ठानलाई पर्याप्त बजेटका लागि मन्त्रालयवाट पहल गर्न महाशाखा प्रमुख देवकोटाको ध्यानाकर्षण

२०७६ जेष्ठ ६, सोमबार २३:५३ मा प्रकाशित

घोराही, जेठ ६ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेटको वारेमा घोराहीका मेयरसहीत नागरीक समाज र दाङ जिल्ला उद्योग वाणिज्य संघले स्वास्थ्य मन्त्रालयका योजना महाशाखा प्रमुख डा. विकास देवकोटालाई ध्यानाकर्षण गराएका छन् ।

प्रतिष्ठानको बजेटका लगि मन्त्रालयवाट पहल गर्न आग्रह गर्दै घोराहीका मेयर नरुलाल चौधरी, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले देवकोटालाई भेटेर दाङको स्वास्थ्य क्षेत्रलाई माथि उठाउने सन्दर्भमा ध्यान दिन र प्रतिष्ठानलाई चलायमान बनाउनका निमित्त बजेट अभाव हुन नदिनका लागि मन्त्रालयवाट हुने पहल जारी राख्न आग्रह गरेका हुन् । भेटमा महाशाखा प्रमुख देवकोटाले प्रतिष्ठानले अव राम्रो गतिमा अघि बढ्ने भन्दै पर्याप्त बजेट पाँउने विश्वास ब्यक्त गरे । उनले प्रतिष्ठानलाई बजेट छुट्याउन मुख्यमन्त्रि शंकर पोख्रेल र प्रतिनिधि सभा सदस्य सुजिता शाक्य आफै नै लागि परेको भन्दै मन्त्रालयवाट बजेट माग्ने सन्दर्भमा आफुले पुरै सहयोग गर्ने पनि प्रतिवद्धता ब्यक्त गरे ।

SPONSORED

उनले प्रतिष्ठानलाई अघि बढाउने सन्दर्भमा सबै लाग्नुपर्ने भन्दै यसलाई गति प्रदान गर्ने वारे सबैले सहयोग गर्नुपर्ने विचार ब्यक्त गरे । उनले आमा सुरक्षा कार्यक्रम पनि अव छिट्टै सरकारले प्रसुतिको भक्ता दिने ब्यवस्था मिलाउने भन्दै प्रतिष्ठानले यसअगाडि तयार गरेको प्रोेजेक्ट अर्थ मन्त्रालयवाट पास हुने चरणमा रहेको र आफुले यसमा लविङ गर्दै आएको पनि बताए ।

SPONSORED

SPONSORED