विष्णु पौडेलमाथि चौतर्फी हमला गरीएको भन्दै नेकपाका केन्द्रिय सदस्य आचार्यले वचाउ गर्दै भने–पौडेल माथी भइरहेको चौतर्फी हमाला अत्यन्तै निन्दनिय’

२०७६ बैशाख ३१, मंगलवार १५:४३ मा प्रकाशित

सामान्य घरबास, सामान्य सवारी साधनलाई लिएर बदनाम गराउन खोज्नु बदनियत’

घोराही, बैशाख ३१ । नेकपाको केन्द्रिय सदस्य निर्मल आचार्यले पार्टिका महासचिव विष्णु पौडेलमाथि चौतर्फी हमला निन्दनिय रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै आचार्यले भनेका छन्–‘बर्तमान सरकारले गरेका सकारात्मक पहलहरु लाइ ढाकछोप गर्ने कुत्सित मनसाय बोकेर हाम्रो गौरवशाली पार्टि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णु प्रसाद पौडेल माथी भैरहेको चौतर्फी हमाला अत्यन्तै निन्दनिय छ । उहाँले सार्बभौम सत्ता सप्पन्न संसदमा दोसि ठहरिय कार्वाही भोग्न तयार छु भनिसक्नु भएकै छ । अहिलेको अवस्थामा सामान्य घरबास, सामान्य सवारी साधनलाई लिएर बदनाम गराउन खोज्नु बदनियत नै हो । पत्रकारिताको नाममा समाजमा नकारात्मक धारणा फैलाउने जुन अभियान सुरु भएको छ, यो खतरनाक छ । सचेतता पुर्बक सकारात्मक सोच को बिकास गर्दै समाजवाद को आधार तयार पार्नु नै हाम्रो मुख्य कर्तव्य हो ।’

SPONSORED

SPONSORED