बोनम्यारो पिडित पुनलाई आर्थिक सहयोग

२०७६ बैशाख ३०, सोमबार २१:५८ मा प्रकाशित

घोराही, बैशाख ३० । रोल्पा त्रिबेणि गाउपालिका वडा न. ७ घर भइ हाल घोराही ७ पर्सा निबासि बोनम्यारो पिडित प्रेमबहादुर पुनलाई आर्थिक सहयोग गरीएको छ ।

बैदेशिक रोजगारको सिलसिलामा कतार गएका रोल्पाका खगेन्द्र बुढा मगरको पहलमा ४७ हजार रुपैया पुनलाई सहयोग गरीएको हो । संकलित रकम बि.एण्ड. बि हाउजिङ प्रालीमार्फत सो प्रालीका सन्चालक भानसिङ बुढा, कृष्ण बुढा, नेकपा दाङका जिल्ला सदस्य बिबेक श्रेष्ठ, नेकपाका रोल्पा जिल्ला सदस्य इस्वर कुमार बुढा मगरले सयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गर्नु भयो । सहयोग रकम पाएपछि पुनले खुसि हुँदै धन्यवाद दिएका छन् ।

SPONSORED

SPONSORED