अपराध महाशाखाले प्रयोगकर्ताको कागजातविनै सीम बेच्ने दुई जना समात्यो

२०७६ बैशाख १२, बिहीबार २३:५१ मा प्रकाशित

१२ वैशाख, काठमाडौं । प्रहरीले दुरसंचार ऐन विपरित सीम कार्डको विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले बुधबार दिउँसो बालाजुबाट पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

SPONSORED

उनका अनुसार पक्राउ परेका दुई जनाले दुरसञ्चार कम्पनीले निर्धारण गरेको सर्त तथा मूल्य समेत फरक पारेर ग्राहकको पहिचान खुल्ने कागजात समेत नराखी एनसेल र एनटीसीको सीम कार्ड विक्री गरेका थिए ।

पक्राउ परेका दुवै जनामाथि दुरसञ्चार ऐन, २०५३ को कसूर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।